+
+
प्रदेशको समानुपातिक सिट निर्धारण :

एकीकृत समाजवादीले गण्डकीमा कटाएन थ्रेसहोल्ड, राप्रपालाई सातै प्रदेशमा सिट

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते २०:०१

२१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट निर्धारण गरेको छ ।

प्रतिनिधि सभामा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा), राष्ट्रिय जनमोर्चा लगायतका दलले ३ प्रतिशतको थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीले थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा एमालेले सबभन्दा धेरै ३४ सिट पाएको छ । कांग्रेसले ३२, माओवादी केन्द्रले १४, रास्वपाले १३, राप्रपाले ७, जनता समाजवादी पार्टी र जनमत पार्टीले समान ५/५ सिट पाएका छन् ।

प्रदेशसभातर्फ कांग्रेस, एमाले र माओवादीसँगै राप्रपाले सात वटै प्रदेशमा सिट पाएको छ । एकीकृत समाजवादीले भने गण्डकीमा डेढ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेन । अरु ६ प्रदेशमा भने उसले थ्रेसहोल्ड कटाएर सिट पाएको छ ।

[OK_Chart chart_id=”1229367″]

प्रदेश १ मा सबभन्दा धेरै १५ सिट एमालेले पाएको छ । कांग्रेसले १२, राप्रपा र माओवादीले ४/४ तथा जसपा र एकीकृत समाजवादीले १/१ सिट पाएका छन् ।

यो प्रदेशमा अघिल्लो पटक एक सिट पाएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले यो पटक भने थ्रेस होल्ड कटाउन सकेन ।

मधेस प्रदेशमा १० दलले समानुपातिकबाट सिट पाएका छन् । सबभन्दा धेरै ९ सिट कांग्रेसले पाएको छ । एमालेले ८, जनमत र जसपाले समान ७/७, माओवादीले ४, एकीकृत समाजवादीले ३, लोसपाले २ सिट पाउँदा राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समान १/१ सिट पाएका छन् ।

प्रदेशसभामा नेपाल संघीय समाजवादी पार्टीले अघिल्लो पटक पनि एक सिट पाएको हो भने जनमत र नागरिक उन्मुक्ति पार्टीले पहिलो पटक प्रदेशसभामा आएका हुन् ।

बागमती प्रदेशमा एमालेले सबभन्दा धेरै १४ सिट पाएको छ । कांग्रेसले १२, माओवादीले ७, राप्रपाले ६ सिट पाउँदा एकीकृत समाजवादी र नेमकिपाले २/२ र हाम्रो नेपाली पार्टीले १ सिट पाएको छ । राप्रपाले अघिल्लो पटक एक सिट पाएको थियो भने हाम्रो नेपाली पार्टी नव प्रवेशी हो ।

गण्डकी प्रदेशमा एमालेले १०, कांग्रेसले ९, माओवादी केन्द्रले ३ र राप्रपाले २ सिट पाएको छ । अघिल्लो पटक समानुपातिक सिट पाएको जसपा (तत्कालीन नयाँ शक्ति) र राष्ट्रिय जनमोर्चाले यो पटक डेढ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेन ।

लुम्बिनी प्रदेशमा १० दलले समानुपातिकतर्फ सिट पाएका छन् । एमालेले सबभन्दा धेरै ११ सिट पाएको छ भने कांग्रेसले १० सिट पाएको छ । माओवादीले ४, राप्रपा, नागरिक उन्मुक्ति र जनमत पार्टीले २÷२ सिट पाउँदा जसपा, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले १/१ सिट पाएका छन् ।

कर्णाली प्रदेशमा एमाले र कांग्रेसले समान ५–५ सिट पाउँदा माओवादीले ४, एकीकृत समाजवादी र राप्रपाले १/१ सिट पाएको छ । सुदूरपश्चिम प्रदेशमा पनि एमाले र कांग्रेसले समान ७–७ सिट पाएका छन् । माओवादी केन्द्रले ३, नागरिक उन्मुक्ति पार्टीले २ सिट पाउँदा राप्रपा र एकीकृत समाजवादीले १/१ सिट पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?