+
+

सीके राउतले गरे ओली, उपेन्द्र यादव र महन्थ ठाकुरसँग भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते २१:०४
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जनमत पार्टीका अध्यक्ष सीके राउत ।

२१ मंसिर, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् ।

यी तीन नेतासँग गरेको भेटको तस्वीर राउतले बुधबार साँझ आफ्नो फेसबुकमा राखेका छन् ।

राउतले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गरिसकेका छन् ।

सीके राउत र उपेन्द्र यादवबीचको भेटवार्ता ।
सीके राउत र महन्थ ठाकुरबीचको भेटवार्ता ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?