+
+

चितवनको फिस्लिङमा जिपको ठक्करले मोटरसाइकलमा सवार जर्मन नागरिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १४:५३

२२ मंसिर, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जर्मन नागरिकको मृत्यु भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं.३ फिल्सिङमा भएको दुर्घटनामा परेर थप दुई जना घाइते भएका छन् । घाइते हुने एक जना विदेशी हुन् भने अर्का एक जना नेपाली नागरिक हुन् ।

मृत्यु हुनेमा जर्मनका नागरीक ६० वर्षीय मिचेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

नारायणगढबाट काठमाडौं जाँदै गरेको ना ४१ प ५४८ नम्बरको मोटरसाइकल र धादिङ्बाट मुग्लिनतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ च १६८२ नम्बरको जिप आपसमा ठक्कर खाएको हो ।

ठक्कर खाएका दुबै सवारी साधन सडकबाट ५० मिटर तल खसेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार मोटरसाइकलमा सवार एक विदेशी नागरिक महिला र पिकअपमा सवार धादिङको गल्छी गाउँपालिका ५ बस्ने ७३ वर्षिय बीरवहादुर तामाङ् घाइते भएका छन् ।

घाइते दुबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी चालक गोरखाका २१ वर्षीय साजन भुजेल र सहचालक प्रहरीको नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?