+
+

कार र बाइक ठोक्किएर झगडा हुँदा टोकेर छिनालियो जिब्रो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १३:३९

काठमाडौं । मानिसहरुबीच झगडा हुँदा कहिलेकाहीँ मारपिट समेत हुन्छ । तर कुटपिटको साटो यदि कोही झगडालुले अर्को व्यक्तिको जिब्रो टोकिदियो भने के होला ? हालै एउटा यस्तै घटना भएको छ । एक आपसमा भएको झगडा चर्किँदै जाँदा एक व्यक्तिले छिमेकीको जिब्रो टोकेर छिनालिदिएका छन् ।

यो घटना भारतको पञ्जाबमा भएको हो । पञ्जाबको मोहालीस्थित डेराबस्सीमा दुई छिमेकीबीच भएको झगडाका क्रममा गत आइतबार उक्त घटना भएको हो ।

स्थानीय एक विद्यालय अगाडि हरप्रित र आसिफ नामका दुई युवा आफ्नो एक साथीको विवाह कार्यक्रमबाट बाइकमा फर्किरहेका थिए । त्यहाँ कार चलाइरहेको एक युवकसँग उनीहरुको भेट भयो । कार र बाइक एक आपसमा ठोक्किएपछि ती विषयमा उनीहरुबीच झगडा सुरु भयो ।

झगडाकै क्रममा हरप्रितका छिमेकीले आफ्ना दाँतले हरप्रितको जिब्रो टोकिदिए । हरप्रितको जिब्रो यति नराम्रोसँग टोकियो कि जिब्रो नै छिनालियो । हरप्रितले रक्सी पिएको र आफुलाई गाली पनि गरेको हुँदा आफुले जिब्रो टोकिदिएको छिमेकीले बताए ।

छिनालिएको जिब्रो सहित हरप्रितलाई अस्पताल लगिएपनि उनको जिब्रो जोड्न डाक्टरहरुको असफल भए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?