+
+

१२.१२ सेल अभियानमा बिक्रेतालाई दराजले कसरी सघाउँछ ?

श्वेता सिजापति श्वेता सिजापति
२०७९ मंसिर २३ गते १९:४९

नेपालको अग्रणी अनलाइन सपिङ प्लेटफर्म दराजले यो वर्षका लागि १२.१२ सेल अभियान ल्याउँदै छ । वर्षकै सबै भन्दा ठूलो अनलाइन सेल आगामी २६ मंसिरदेखि ३ पुससम्म हुँदैछ । सबैभन्दा धेरै विविधता र सामानभएको र नेपालकै सबै भन्दा ठूलो इकमर्स प्लेटफर्म दराजले बिक्रेताहरुलाई विशेष प्राथमिकता दिएको छ ।

विगत एक वर्षमा दराज प्रति बिक्रेताहरुको आकर्षण निकै बढेको छ । सन् २०२१ देखि २०२२ को यस अवधिमा २५ प्रतिशतले बिक्रेताहरु थपिएका छन् । दराजमा दर्ता भएका बिक्रेताहरुको बढ्दो संख्याको मुख्य कारण भनेको दराजले आफ्ना बिक्रेताहरुलाई दिएको सुविधाले हो । दराजले सहयात्री प्याकेजदेखि अन्य सुविधाहरु ल्याएको छ ।

दराजमा जोडिन चाहने नयाँ बिक्रेताले ३ महिनासम्म शून्य कमिसनको सुविधा पनि पाउँछन् । पहिलो पटकका लागि दराजले सित्तैमा प्याकेजिङ सामग्री तथा फोटो सुट, र प्रडक्ट लिष्टिङ जस्ता सेवाहरु निःशुल्क उपलब्द्ध गराउँदै आइरहेको छ । आफ्नो इन्क्युवेसन टिमबाट सामान कसरी बिक्री गर्ने भन्नेबारे सित्तैमा बिक्रेतालाई तालिम पनि दिइरहेको छ । दराजमा जोडिएर व्यापार गर्नेका लागि दराजको सारथी कार्याक्रम अन्र्तगत नबिल बैंक मार्फत सहुलियतमा ऋण सुविधा पनि प्राप्त गरिरहेका छन् ।

दराजसँग हालसम्म १७ हजार भन्दा धेरै बिक्रेताहरु दर्ता छन् । दर्ता भएकामध्ये ८० प्रतिशत बिक्रेता काठमाडौं उपत्यकाका छन् । बाँकी २० प्रतिशत उपत्यका बाहिरका छन् । दराजले उपत्यका बाहिरका ठूला शहरहरु पोखरा, चितवन, विराटनगर, वीरगञ्ज, विर्तामोड, बुटवल, इटहरी,बनेपा, धनगडी र जनकपुरबाट आफ्ना बिक्रेताहरु दर्ता गरेको छ ।

यी सबै बिक्रेताहरुबाट दराजमा दर्ता भएको सामानहरुको संख्या १३ लाख भन्दा धेरै भइसकेको छ । यी सामानमा इलेक्ट्रोनिक्स, फेसन, फाष्ट मुभिङ कन्जुमर गुड्स, दैनिक जीवनयापनका सामानहरु पर्दछन् । दराजमा दर्ता भएका १३ लाखभन्दा धेरै सामानहरुमध्ये उपत्यकाका मात्रै ६५ प्रतिशत भन्दा धेरै छन् ।

दराजमा जोडिएर आफ्नो व्यापार वृद्धि गर्न चाहने बिक्रेतालाई सघाउनु दराजको महत्वपूर्ण दायित्व हो । दराजमा जोडिए पछि बिक्रेताले आफ्नो उत्पादनका लागि ठूलो भर्चुअल बजार पाउने सुनिश्चितता गर्नु प्रमुख दायित्व हो र दराजले त्यही गरिरहेको पनि छ ।

दराजले बिक्रेताहरुको व्यापार वृद्धिका लागि ठूला बिक्री अभियानहरु पनि सञ्चालन गरिरहेको छ । ११.११, १२.१२, दशैं धमाका, नेपली न्यू इअर आदि अभियानले बिक्री बढ्न जाँदा बिक्रेताहरुलाई सहज बनाइ दिएको छ । बिक्रेताहरुलाई विभिन्न सेलर टुल्स जस्तै सेलरपिक्स, फ्री–सिपिङ्, बन्डल्स, भौचर्सर बिज्नेस एड्भाइजर जस्ता विभिन्न सहयोगी उपकरणहरु उपलब्ध गराइने भएकोले स्टोर ट्राफिक, भिजिबिलिटी र बिक्री बढाउन मद्दत गरेको छ ।

दराजले बिक्रेतालाई जानकारीमुलक शिक्षा दिन आफ्नै दराज विश्वविद्यलय प्लेटफर्म निर्माण गरेको छ । १५० भन्दा धेरै कोर्सहरुबाट बिक्रेताहरुले आफ्नो व्यापार वृद्धिका लागि जानकारी लिन सक्छन् । त्यसले बढ्ने ज्ञानबाट व्यापार वृद्धिमा अवश्य सहजीकरण हुनेछ भन्ने दराजको विश्वास छ ।

दराजले बिक्रेतालाई सघाउने अर्को महत्वपूर्ण पक्ष आर्थिक सहजीकरण पनि हो । दराज मार्फत धेरै बिक्री गर्ने बिक्रेतालाई उनीहरुको क्षमता हरेर सघाउने दराजको नीतिअनुसार नबिल बैंकसँग सहकार्य पनि गरेका छौं । जसअनुसार, सारथी कार्यक्रम अन्तर्गत नयाँ र पुराना दुवै प्रकारका दराजका बिक्रेताले नबिल बैंक मार्फत सहुलियतमा ऋण सुविधा प्राप्त गर्न सक्छन् ।

श्वेता सिजापति

यस्तै दराजले बिक्रेताको आफ्नो आर्थिक व्यवस्थापन सहजीकरणका लागि एक सातामै रकम तिर्ने गरेको छ । जसका कारण बिक्रेताहरुलाई सहज होस् । दराजले जहिले पनिआफ्नो बिक्रेताले राम्रो नतिजा निकालोस भन्ने चाहना राख्छ । यसका लागि उच्च क्षमतामा बिक्रेताले काम गर्नुपर्छ यसकालागिप्रोसेसिङ अर्डर, स्टक व्यवस्थापन र आफ्नो स्टक शून्य छैन भन्ने निर्क्योल गर्नुपर्छ।यस्तै ग्राहकले चाहेको वस्तु भरसक क्यान्सिल गर्नु हुन्न, समयमै ग्राहकसँग प्रश्नोत्तरका लागि तयार रहनुपर्छ । यसका लागि दराजले उपलब्ध गराएको प्लेटफर्मका टुल्सहरुको अधिकतम प्रयोगका लागि बिक्रेताहरु सजग रहनु पर्छ ।

उपत्यका बाहिरका बिक्रेताका लागि पनि दराजले बिक्रेताहरुलाई चाहिने आवश्यक सहयोग पुर्‍याइ रहेको छ । उपत्यकाबाहिर वस्तुको फोटो शुट, लिष्टङ लगायतका सुविधा दराजले सित्तैमा उपलब्ध गराइरहेको छ । साथ साथै व्यापार वृद्धिका लागि चाहिने अवश्यक तालिमहरु पनि प्रदान गरिरहेको छ । दराज आफ्नो व्यापार वृद्धिका लागि सबै भन्दा राम्रो अनलाइन प्लेटफर्म हो । यसले बिक्रेताहरुको व्यापार दोब्बर हुन्छ भन्नेमा कम्पनी विश्वस्त छ ।

गत २७ मे, २०२२ मा दराजले ‘प्राउडली नेपाली’ अभियान लिएर आएको थियो । यसको अन्तर्गत दराजले स्थानीय उत्पादन र ब्राण्डलाई पनि आफ्नो प्लेटफर्ममा विशेष स्थान दिन्छ । गुणस्तरीय नेपाली उत्पादनलाई इकमर्श प्लेटफर्म मार्फत बजारसम्म जोड्ने दराजको प्रयास सफल भएको थियो जसको अन्तर्गत नेपालका विभिन्न ब्राण्डहरु संलग्न छन् जसमा मन्त्र, गोल्ड स्टारफूलो, जूआस, सीजी आदि । नेपाली वस्तुलाई प्राथमिकता दिएरै दराजले साइटमा ‘प्राउडली नेपाली’ नाम ले छुटै प्रदर्शन पनि गरिरहेको छ । हाम्रो प्लेटफर्ममा स¬साना व्यवसायीहरुले ह्याण्डि क्राफ्ट, अचार, स्थानीय सौन्दर्य उत्पादन र सांस्कृतिक उत्पादनहरु पनि बिक्री गरिरहेको छ ।

दराजले आफ्नो प्लेटफर्ममा लैंगिक समानता र महिलाहरुलाई उत्प्रेरणा दिनका लागि पनि काम गरिरहेको छ । जसले महिला बिक्रेताहरुलाई दराजमाफर्त अघि बढ्न थप सहज हुन्छ । दराजले यस अघि जागृति भन्ने अभियान सञ्चालन गरेको थियो । दराजको प्लेफर्ममा आफ्नो छुट्टै विशेष स्थान नै दिएर दराजले यस्तो कार्य गरेको थियो । जहाँबाट महिला बिक्रेताहरुले आफ्नो वस्तुहरुको बिक्री बढाएका थिए । दराजको फराकिलो प्लेटर्फममा गृहिणी महिलादेखि सबै खाले महिलाले आफ्नो बिक्रीलाई नयाँ उचाइमा पुर्‍याउन सक्नु हुनेछ भन्ने विश्वास छ ।

१२ देखि १८ डिसेम्बरसम्म सञ्चालन हुने यो १२.१२ सेल अभियान मेघा अफरहरुको संयोजन पनि हो । मेघा भौचरमा ७ हजार रुपैयाँसम्मका अफरहरु उपलब्ध गराइने छ, ७० प्रतिशतसम्म छुट उपभोक्ताले पाउने छन् । उपभोक्ताले विशेष फेसन, विद्युतीय सामग्री, घरायसी वस्तु, जीवन पद्धतीका वस्तु लगायतका वस्तुमा अफर पाउने छन् ।

ग्राहकहरुलाई थप उत्साहित बनाउन एक रुपी गेम, कार्डसेभ एण्ड वीन, कार्ट एण्ड वीन, लाइभ स्ट्रीम बाई एण्ड वीन, साइन उप एंड विन, जस्ता कार्यक्रमका साथै एक भाग्यशाली ग्राहकले २.७ लाख रुपैयाँ बराबरको मी गिफ्ट हेम्पर पनि जित्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?