+
+

अर्घाखाँचीबाट हराएकी युवतीको डेढ महिनापछि दिल्लीबाट उद्धार

रासस रासस
२०७९ मंसिर २३ गते २०:२०

२३ मंसिर, अर्घाखाँची । अर्घाखाँचीबाट हराएकी एक युवतीको डेढ महिनापछि भारतको नयाँदिल्लीबाट आज उद्धार गरिएको छ ।

गत कात्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया युवतीलाई शान्ति पुनःस्थापना गृह बाँकेले देहरादुनस्थित हेल्पक्रस संस्था र भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।

उहाँका अनुसार दिल्लीको कोटला थानाका इन्चार्ज सुनिल गोडियालको सक्रियतामा युवतीलाई ललाइफकाइ भारत पुर्‍याउने सन्धिखर्क नगरपालिका–६ अर्घाखाँची निवासी २४ वर्षीय सुभाष नेपालीलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।

युवतीको अभिभावकले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र शान्ति पुनःस्थापना केन्द्र बाँकेमा निवेदन दिएका आधारमा खोजी गर्ने क्रममा भारतको नयाँदिल्लीमा युवा–युवतीलाई फेला पारिएको थियो ।

भारतीय प्रहरीको सहयोगमा उनको खोजतलास गर्न १० दिन समय लागेको थियो । उद्धार गरिएकी युवतीलाई परिवारको जिम्मा लगाउने तयारी भएको शान्ति पुनःस्थापना गृह बाँकेका संयोजक निर्मल सुवेदीले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?