+
+

‘ऐना झ्यालको पुतली’लाई कौतिक अन्तर्राष्ट्रिय फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मको पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १३:५४

काठमाडौं । ‘ऐना झ्यालको पुतली’सँग यतिबेला खुसीका खबर छन् । नेपाली बक्स अफिसमा एक करोड रुपैयाँभन्दा बढी कमाएको फिल्मले यतिबेला ओस्कारमा अन्तर्राष्ट्रिय फिचर विधातर्फ भाग लिएको छ ।

फेस्टिभल र अवार्डको मौसम सुरु भएको छ र सुजित बिडारी निर्देशित फिल्मले पुरस्कार जित्न थालेको छ । आइतबार यस्तै एउटा खबर भारतबाट आइपुग्यो जहाँ यो फिल्मले चार विधामा अवार्ड जित्न सफल भएको छ ।

भारतको प्रतिष्ठित कौतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा यसले सर्वोत्कृष्ट फिल्मसँगै सम्पादन, अभिनेता र अभिनेत्री विधामा ट्रफी उचाल्यो । सम्पादक किरण श्रेष्ठ, कञ्चन चिमरियाले अभिनेत्री र दिनेश खत्रीले अभिनेतातर्फ अवार्ड उचाले ।

दक्षिण कोरियाको बुसानमा प्रियिमर भएको फिल्मले यतिबेला अन्य मुलुकका फेस्टिभलमा समेत आफूलाई अघि बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?