+
+

‘शोले’ निर्देशकले भने- ‘उचाइ’को सफलतापछि नेपालमा भारतीय पर्यटक बढ्छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १७:४२

काठमाडौं । पाका बलिउड निर्देशक रमेश सिप्पी केही दिनअघि नेपाल आए । एक कार्यक्रमको लागि काठमाडौं आइपुगेका उनले सञ्चारकर्मीसँग नेपाली फिल्म, संस्कृति र पर्यटनबारे कुरा गरे ।

सन् २०१३ मा भारतको सर्वोच्च नागरिक सम्मान पद्मश्री प्राप्त गरेका सिप्पीले निर्देशन गरेका शोले, शक्ति, शान, सीता और गीताजस्ता चर्चित फिल्म निर्देशन गरेका छन् ।

नेपालमा समेत छायांकन भएको र अहिले पनि चलिरहेको फिल्म ‘उचाइ’को सफलतापछि नेपालमा भारतीय पर्यटकमा वृद्धि हुने आशा आफूले लिएको उनले बताएका छन् ।

भारतीय पर्यटक मात्र होइन, भारतीय फिल्म छायांकनका लागि पनि धेरै फिल्म नेपाल आउन सक्ने उनको भनाइ छ । ‘यदि हाम्रा फिल्म निर्माताका लागि सुविधाहरु हुन्छन् भने छायांकन गर्न आउनेको संख्या अझै बढ्छ,’ केही नेपाली मिडियासँग उनले भने ।

भारतीय फिल्म निर्माताले सुन्दर लोकेसन र छायांकनका लागि कम खर्च हुने स्थान हेरिरहेको बताउँदै उनले नेपाल दुवै उपायका लागि आकर्षक थलो रहेको उनले बताए ।

‘उचाइ निकै आकर्षक ढंगले खिचिएको छ । यो फिल्म हेरेपछि धेरै दर्शक नेपाल आउनसक्ने देखेको छु,’ उनी भन्छन्, ‘योभन्दा महत्वपूर्ण कुरा, नेपाली र भारतीय ट्यालेन्टले एक भएर काम गर्नु हो ।’ नेपाली र भारतीय दर्शकलाई छुने कथा लेख्न सकिए संयुक्त प्रोजेक्ट निर्माण हुनसक्ने उनको भनाइ छ ।

अहिले पनि रोमान्स र एक्सनका कथावस्तुले दर्शकलाई मन परिरहेको भन्दै उनले समय बदलिएसँगै ‘गुड भर्सेस ब्याड’ संरचनाका कथावस्तु असान्दर्भिक हुँदै गरेको उनले बताए । पछिल्ला वर्षमा फिल्मको क्राफ्टमा अभूतपूर्व परिवर्तन आएको उनले बताए । भारतीय बक्स अफिसमा ठूलो बजेटका फिल्मले कमाइ नगर्नु चिन्ताजनक विषय भएको बताए ।

सिप्पी हालै ‘एकेडेमिया इन्डष्ट्री अलायन्स इन द मिडिया एण्ड इन्टरटेनमेन्ट सेक्टर’ सम्बन्धी कार्यक्रममा विशेष अतिथिको रुपमा भाग लिन काठमाडौं आइपुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?