+
+

जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १८:११

२६ मंसिर, जाजरकोट । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य चौकीमा कार्यरत नगरपालिकाका अबेह जयहादुर थापाले जानकारी दिए ।

घटनास्थलमा नै रहेका थापाका अनुसार ३ जना घाइते छन् ।

जीप २०० मिटर तल खस्दा घटनास्थलमै ८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् एसएसपी माधव श्रेष्ठले पनि पुष्टि गरे ।

श्रेष्ठका अनुसार प्रहरीको टोली घटनास्थलमा रहेको उद्धार कार्य भइरहेको छ । दुर्घटनामा परेको जीप दैलेखबाट बिहेका लागि जाजरकोट आएको पनि थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?