+
+

गोल्डेन ग्लोब्स मनोनयन : ‘बान्सिस अफ इनिसिरिन’को वर्चस्व, ‘आरआरआर’ दुई विधामा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते ११:२८

काठमाडौं । ओस्कारपछि विश्व प्रतिष्ठित मानिने फिल्म अवार्ड गोल्डेन ग्लोब्सको मनोनयन घोषणा भएको छ । मंगलबार बिहान सार्वजनिक सूचीमा ‘द बान्सिस अफ इनिसिरिन’ सर्वाधिक विधामा मनोनित भएको छ ।

उत्कृष्ट फिल्म (संगीत तथा कमेडीतर्फ), लेखन तथा निर्देशनसहितका आठ विधामा यो फिल्म मनोनित भएको छ । ‘एभ्रिथिङ एब्रिह्वेयर अल एट’ ६ विधामा, ‘बेबीलोन’ र ‘द फेबेलम्यान्स’ पाँच–पाँच विधामा मनोनयन भएका छन् ।

फिल्म वितरण कम्पनीको रुपमा सर्चलाइटले कुल १२ विधामा मनोनयन हासिल गरेको छ । ए–ट्वेन्टीफोर १० र नेटफ्लिक्सले ९ विधामा मनोनयन हासिल गरेका छन् ।

उत्कृष्ट मोसन पिक्चर ड्रामातर्फ ‘अवतार : द वे अफ वाटर’, एल्भिस, द फेबलम्यान्स, टार र टपगन माभेरिक मनोनित भएका छन् । अभिनेत्रीतर्फ टारबाट केट ब्लान्चेट, अम्पायर अफ लाइटबाट ओलिभिया कोलम्यान, द वुमन किङबाट भायोला डेभिस, ब्लन्डेबाट अना डे अर्मास्, द फेबलम्यान्सबाट मिचेल विलियम्स मनोनित छन् ।

अभिनेतातर्फ एल्भिबासट अस्टिन बट्लर, द ह्वेलबाट ब्रेन्डान फ्रेजर, द सन्बाट हग ज्याकम्यान, लिभिङबाट बिल नाइटी र द इन्सेप्सनबाट जेरेमी पोप मनोनित भएका छन् ।

एसएस राजामौली निर्देशित भारतीय फिल्म ‘आरआरआर’ गैरअंग्रेजी भाषातर्फको उत्कृष्ट फिल्म र मौलिक गीत विधातर्फ मनोनित भएको छ । आगामी जनवरी ११ मा गोल्डेन ग्लोब्स अवार्ड वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?