+
+

दक्षिण कोरियामा एकैदिन ८४ हजारभन्दा बढी सङ्क्रमित

रासस रासस
२०७९ मंसिर २८ गते १५:२५

२८ मंसिर, सोल । दक्षिण कोरियामा एकै दिनमा ८४ हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् ।

गएरातिको तथ्याङ्कमा यतिधेरै सङ्क्रमित भेटिएको देखिएको छ ।

यो समेतगरी यहाँ दुई करोड ७९ लाखभन्दा बढी सङ्क्रमित पाइएका यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

यहाँ केही दिनयतादेखि दैनिक कम्तीमा पनि ८० हजार जना सङ्क्रमित पाइएका पनि अधिकारीले जनाएका छन् ।

तर यो अघिल्लो दिनको ८६ हजार आठ सय ५२ जना सङ्क्रमितको तुलनामा भने केही कम हो ।

यहाँ अघिल्लो हप्ता भने ७४ हजारभन्दा धेरै सङ्क्रमित पाइने गरेको थियो । त्यसका तुलनामा यहाँका सङ्क्रमितमा कमी आएको हो ।

दक्षिण कोरियामा यो जाडो मौसममा पनि कोरोना भाइरसका सङ्क्रमितहरुमा उल्लेख्य मात्रामा कमी आउँन सकेको छैन । यहाँ अघिल्लो हप्ताभरि औसतमा ६३ हजार जना दैनिक सक्रमित देखिने गरेको थियो ।

पछिल्लो दिन यहाँ ४६ जनाको यो सङ्क्रमणबाट ज्यान गएको छ । यो समेतगरी यहाँ ३१ हजार जनाभन्दा बढीको कोभिडबाट ज्यान गएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?