+
+

प्रधानमन्त्री भन्दा राष्ट्रपति को बन्ने भन्ने महत्वपूर्ण छ : महामन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २ गते १८:५४

२ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले प्रधानमन्त्री भन्दा पनि राष्ट्रपति को बन्ने भन्ने विषय महत्वपूर्ण रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले गठबन्धनबाट प्रधानमन्त्री बन्ने भएकाले दुई वर्षलाई मात्र हुने बताए ।

‘अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय जति महत्वपूर्ण छ, त्यो भन्दा धेरै महत्वपूर्ण विषय राष्ट्रपतिको बारेमा छ । प्रधानमन्त्री को बन्नुहुन्छ ? दुई वर्षलाई बन्नुहोला । लुकाउने अवस्थै छैन । हामीले एक्लै विजयी हासिल गरेका होइन, सबै दल हामीसँग छन् । यो गठबन्धन जनताको बीचबाट जे मत लिएर आएको छ । यसलाई एउटा सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनुहुदैन’ उनले भने ।

तर राष्ट्रपति चयनलाई भने गम्भीरतापूर्वक लिनुपर्ने र सबै दलले सहज रुपमा स्वीकार गर्न सक्ने व्यक्ति चाहिने महामन्त्री शर्माले बताए । ‘राष्ट्रपतिमा कांग्रेसले पनि सहजतापूर्वक लिनसक्ने, गठबन्धनका दलहरु र प्रतिपक्षले पनि सहजतापूर्वक लिनसक्ने नेतृत्व होस् । राष्ट्रपति पदको चयन गर्दैगर्दा प्रधानमन्त्रीको कुरालाई प्रथम र अन्तिम नमानीकन राष्ट्रपतिको विषयलाई गम्भीरतापूर्वक लिएर संविधानको रक्षा र पालना गर्नुपर्छ’ उनले भने ।

उनले आफूलाई अहिले नै मन्त्री बन्ने चाहना नरहेको पनि बताए ।

‘अहिले मैले पार्टीमा गर्नुपर्ने धेरै कामहरु बाँकी छन् । दूरदराजका साथीहरुको भावना बमोजिम काम गर्न बाँकी छ । सबै साथीले सरकारमा जानुपर्छ भन्ने होइन । एक्लै दुई तिहाई ल्याएको कांग्रेस अहिले सबै मिलेर लड्दा पनि जम्मा ५७ सिट मात्रै ल्याइरहेको अवस्थामा चुनाव जित्ने बित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला यो होइन’ महामन्त्री शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?