+
+

अनलाइनखबरकर्मी खत्री सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २ गते १५:४९

२ पुस, गुल्मी ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले पत्रकार अनिल खत्रीलाई सम्मान गरेको छ ।

पत्रकारिता क्षेत्रबाट नागरिकको आवाज मुखरित गरेको, लोक तथा दोहोरी गीतको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रतिष्ठानले पत्रकार खत्रीलाई सम्मान गरेको हो ।

पत्रकार खत्रीलाई शनिबार लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले नगद, प्रमाणपत्र र दोसल्लासहित सम्मानित गरे ।

१५ वर्षदेखि गुल्मीबाट पत्रकारिता गर्दै आएका खत्री हाल अनलाइनखबर डटकमका गुल्मी संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?