+
+

अनौठो रोग जसले औंठाछाप र हस्तरेखा मेटाइदिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १३:२१

चाहे अपराधीलाई पक्रिन होस् वा हराएको मानिसको पहिचान गर्न औंठाछाप अर्थात् फिंगरप्रिन्ट सबैभन्दा उत्तम जैविक पहिचान हो ।

तपाईं चाहे नागरिकता, पासवर्ड बनाउन जानुहोस् वा बैंकमा खाता खोल्न जानुहोस् आफ्नो औंठाछाप लगाउनैपर्छ । तर एउटा यस्तो रोग छ जुन लागेपछि शरीरमा अरु सबै त सामान्य नै हुन्छ तर बिरामीको हत्केलामा हस्तरेखादेखि औंलाका औंठाछाप सबै गायब हुन्छन् ।

यो रोगको नाम एड्रमेटोग्लिफिया हो । यो एक वंशाणुगत रोग हो । सन् २००७ मा पहिलोपटक यो रोगको बिरामी पत्ता लागेको थियो ।

एक विदेशी महिला अमेरिका जाँदै थिइन् । उनको अनुहार त राहदानीमा रहेको अनुहारसँग मिल्यो तर अध्यागमनका अधिकारीहरुले उनको फिंगरप्रिन्ट बुझ्नै सकेनन् । किनकि उनको कुनै पनि औंलामा औंठाछाप नै थिएनन् ।

त्यही समय बंगलादेशमा पनि यस्तै घटना सार्वजनिक भयो । तर बंगलादेशमा औंठाछाप नभएका एक–दुईजना व्यक्ति होइन पूरै परिवार नै थियो ।

राष्ट्रिय परिचयपत्र बनाउनका लागि जब एक परिवार सरकारी कार्यालय पुग्यो तब अधिकारीहरु हैरान भए । परिवारका कुनै पनि सदस्यको फिंगरप्रिन्ट थिएन । निकै छलफल तथा लामो अनिर्णयपछि उनीहरुको पहिचानपत्र जारी भयो तर परिचयपत्रमा पनि फिंगरप्रिन्ट नभएको उल्लेख गरियो ।

आखिर केही मानिसमा किन औंठाछाप छैन भन्ने बारेमा अनुसन्धान सुरु भयो र एड्रमेटोग्लिफिया रोग पत्ता लाग्यो । यो एक दुर्लभ वंशाणुगत रोग हो जसले औंठाछाप गायब बनाइदिन्छ ।

भ्रूणको विकासकै क्रममा बच्चाको औंलामा औंठाछाप तयार हुन्छ । औंठाछाप अर्थात् औंलामा हुने निश्चित चक्रीय प्याटर्न । यो गोलाकार पनि हुनसक्छ र चुच्चो पनि वा अर्कै प्याटर्न पनि हुनसक्छ । यसलाई डम्र्याटोग्लिफ भनिन्छ । त्यही औंठाछाप नहुनुलाई एड्रमेटोग्लिफिया भनिन्छ ।

सन् २०११ मा वैज्ञानिकहरुले यो दुर्लभ वंशाणुगत रोगको कारण पत्ता लगाए । गर्भावस्थाका बेला भ्रूणको शरीरका जिन स्माक्यार्ड १ म म्युटेसन हुन्छ । यो त्यही जिन हो जसले गर्भको बच्चाका औंलामा औंठाछाप बनाउन भूमिका खेल्छ । यो रोगले मानिसमा पसिना ग्रन्थिको आकार पनि घटाइदिन्छ । जसकारण राम्रोसँग पसिना आउन पाउँदैन र अनेक खालका स्वास्थ्य समस्या आउँछन् । यसले गर्मीमा बस्दा वा धेरै काम गर्दा शरीरमा ज्वरो आउने जस्ता समस्या देखिन्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?