+
+

शपथ ग्रहण नगरी सरकार गठन प्रक्रिया अघि बढाउन मिल्दैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १७:५५

३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन् ।

पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभाका सबै सदस्यहरुको शपथग्रहण पछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन् ।

निर्वाचित सांसदहरुको सपथग्रहण बिना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले सांसदहरुको शपथ ग्रहण नहुँदै सरकार गठन गर्ने विषय विगतमा पनि भएको र त्यही उल्टो प्रक्रिया नजिर जस्तो बन्न गएको उल्लेख गर्दै उनले त्यसो गर्नु गलत हुने दाबी गरे ।

‘सांसदहरुको शपथ ग्रहण नहुदै सरकार गठन गर्ने नजिर जस्तो बन्न गएको छ । यो सही होइन । सामान्यतया निर्वाचन आयोगले राष्टपतिकहाँ र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा निर्वाचित सांसदहरुको नाम लिस्ट गइसकेपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पहिला प्रतिनिधि सभाका सबै सदस्यहरुको शपथग्रहण गराइसकेपछि सबै पार्टीका संसदीय दलहरुको बैठक बस्ने र प्रतिनिधि सभाका सांसदहरुको शपथग्रहण गरिसकेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउनु सुल्टो हुन्छ, उचित हुन्छ र विगतको परम्परा पनि त्यही हो भन्नेमा हाम्रो निष्कर्ष छ’ उनले भनेका छन् ।

अध्यक्ष प्रचण्डले यसअघि पनि संसदीय दलको बैठकपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाइने बताउँदै आएका थिए । राष्ट्रपति कार्यालयले आइतवार एक साताको समय दिएर सरकार गठन गर्न दलहरुलाई आह्वन गरिसकेको छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?