+
+
Shares
जेन-जी आन्दोलनः :

स्थिति थप बिग्रन नदिन सरकार जिम्मेवार बनोस् : प्रचण्ड

सोमबार प्रचण्डले भनेका छन्, ‘जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस् । स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १४:३०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जेन-जी आन्दोलनमा थप क्षति हुन नदिन सरकारलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ।
  • प्रचण्डले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन र भ्रष्टाचारविरुद्धका मागहरू तत्काल सम्बोधन गर्न सरकारलाई निर्देशन दिनुभएको छ।
  • सोमबारको प्रदर्शनमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको र प्रचण्डले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जेन-जी आन्दोलनमा थप क्षति हुन नदिन सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।

सोमबार प्रचण्डले भनेका छन्, ‘जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस् । स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्।’

प्रचण्डले मृतक युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘आज जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद घटनाले स्तब्ध र गम्भीर बनाएको छ’ उनले भनेका छन्, ‘प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछु।’

सोमबार भएको देशव्यापी प्रदर्शनमा बानेश्वरमा प्रहरीले चलाएको गोली लागी एक प्रदर्शनकारीको निधन भएको छ भने उल्लेख्य संख्यामा युवाहरू घाइते भएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?