+
+

नेक्सन ईभीको रेन्ज टेस्ट, काठमाडौंमा ३४७ किमीसम्मको रेन्ज 

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १३:०७

काठमाडौं । काठमाडौंमा ‘नेक्सन ईभी रेन्ज टेस्ट-२०२२’  आयोजना गरिएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सहआयोजनामा यो टेस्ट आयोजना गरिएको हो । नेक्सन ईभीले काठमाडौंका सडकमा ३४७ किमीसम्मको रेन्ज दिएको कम्पनीको दावी छ ।

कम्पनीका अनुसार ३४७ किमीसम्मको रेन्ज निकाल्न सफल काठमाडौंका सलिम श्रेष्ठ उक्त अभियानमा प्रथम भएका छन् भने ३३२ किमी रेन्ज निकालेका भरत पुडासैनी र अनिश कावरा दोश्रो भएका छन् । त्यसैगरी ३२१ किमी रेन्ज निकाल्न सफल तृप्ति सिंह तथा उदीप न्यौपाने तेस्रो भएका छन् ।

३४ भन्दा बढी ईभीको सहभागिता रहेको कार्यक्रममा १४ जनाले ३०० किमी रेन्ज भन्दा बढी निकाल्न सफल भएको कम्पनीको भनाइ छ ।

अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरेको कम्पनीले जनाएको छ ।

टेस्टमा प्रथम हुने सलिम श्रेष्ठले पदक, प्रमाण पत्रका साथै ४३ इन्चको सामसङ स्मार्ट एलईडी टिभी, दोश्रो भएका भरत पुडासैनी र अनिश कावराले २८ लिटरको सामसङ ओभेन र तेश्रो हुने तृप्ति सिंह तथा उदिप न्यौपानेले सामसङ भ्याकुम क्लिनर जितेका छन् ।

विद्युतीय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतीय गाडीहरू प्रति ग्राहकवर्गको दुविधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिए ।

२ पुसमा सिप्रदी ट्रेडिङ नैकापबाट सुरु गरिएको कार्यक्रम कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दर्बारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो ।

वातावरणको संरक्षण तथा देशको दीगो आर्थिक विकासका लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?