+
+

सुर्खेत विमानस्थलमा आईएफआर प्रविधि जडान गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १५:११

४ पुस, काठमाडौं । वायुसेवा कम्पनीहरुले सुर्खेत विमानस्थलमा आईएफआर प्रविधि जडान गर्न माग गरेका छन् । सुर्खेत विमानस्थल भीएफआर प्रविधिमा सञ्चालनमा रहेको छ । यस्तो विमानस्थलमा मौसम प्रतिकूल र रात पर्दा उडान रद्द हुने सम्भावना बढी हुन्छ ।

देशका अन्य विमानस्थलमा जस्तै सुर्खेतमा पनि आईएफआर प्रविधि जडान भएमा उडान भर्न सजिलो हुने बुद्ध एयरले जनाएको छ । यो विमानस्थलमा बुद्धले नियमित उडान गरिरहेको छ । सुर्खेत कर्णाली प्रदेशको राजधानी हो । आईएफआर प्रविधिमा कम भिजिबिलिटीमा पनि उडान भर्न सकिन्छ ।

आईएफआर प्रविधि जडान भएमा साँझ राति पनि उडान भर्न मिल्ने हुँदा यात्रुलाई आफ्नो समय अनुकूल आउजाउ गर्न थप सहज हुने कम्पनीले बताएको छ ।

सुर्खेतबाट संघीय राजधानी काठमाडौंको सिधा उडान बुद्ध एयरले प्राथमिकताका साथ सञ्चालन गरेको भन्दै यस्तो प्रविधि राख्न सुझाव दिएको हो । सुरुका दिनमा सानो जहाजबाट उडान सञ्चालन गरेको र पछि एटीआर–४२ जहाजबाट उडान भइरहेको थियो ।

नागरिक उड्डयन प्राधिकरणको अगुवाइ र सहयोगमा बुद्ध एयरले १६ डिसेम्बरदेखि सुर्खेतमा एटीआर–७२ जहाजबाट उडान थालेको हो । बुद्धले २१ डिसेम्बरदेखि दैनिक दुई उडान गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?