+
+

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १५:४५

४ पुस, वीरगञ्ज । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

रौतहटको गुजरा नगरपालिका ३ सिम्रिक बस्ने २६ वर्षीय भुवन पहाडी र २७ वर्षीय ऋतिक बहादुर राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढ प्रहरी निरीक्षक सञ्जिव ओलीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेका उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । भुवनले चलाएको मोटरसाईकलमा तीनजना सवार रहेका थिए । सिम्रिक गाउँकै २४ वर्षीय सुशील माझी घाइते छन् ।

उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । निजगढमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि नयाँ चितवन मेडिकल कलेज भरतपुर लगिएको छ ।

निजगढ नगरपालिका-१ स्थित सडक छेउमा बिग्रिएर रोकिराखेको प्रदेश २-०३–००१ ख ४२२९ नम्बरको ट्रकको पछाडी सोही दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००९ प ३९४३ नम्बरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?