+
+

को हुन् विश्वकपका उत्कृष्ट युवा खेलाडी फर्नान्डेज ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १९:०७

४ पुस, काठमाडौं । अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजले विश्वकप २०२२ को संस्करणमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते ।

उनको राष्ट्र अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टीमा ४–२ ले पराजित गर्दै उपाधि जितेको हो । टिमलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेकै कारण २१ वर्षका उनी अवार्डको हकदार बनेका हुन् ।

पोर्चुगिज क्लब बेन्फिकाका लागि खेल्ने २१ वर्षीय फर्नान्डेजले विश्वकपमा मेक्सिकोसँगको खेलमा राष्ट्रिय टिमका लागि पहिलो गोल गरेका थिए । मेक्सिकोसँगको त्यो गोलपछि उनी विश्वकपका गोल गर्ने अर्जेन्टिनाको दोस्रो कान्छो खेलाडी बने । सन् २००६ को विश्वकपमा आइभरी कोष्टविरुद्ध मेस्सीले २० वर्षको उमेरमा गोल गरेका थिए ।

फर्नान्डेजले पोल्यान्डसँगको खेलमा जुलियन अल्वारेजलाई गोल असिस्ट गरेका थिए । उक्त खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २–० ले पराजित गरेको थियो । स्कोलानीको टिमलाई फर्नान्डेजले मिडफिल्डमा एङ्करको भूमिका बखुबी निभाए ।

उनको उपस्थितिले अर्जेन्टिनाले ट्रान्जिसन प्लेको डिफेन्सदेखि अट्याकमा अपग्रेड गर्‍यो र विश्वकप नै जित्यो ।

उनको सानै उमेरमा खेललाई पढ्न सक्ने क्षमताले यस विश्वकपमा उनलाई उत्कृष्ट युवा खेलाडीको अर्वाडको योग्य बनायो । फर्नान्डेजले २०२२ को सेप्टेम्बरमा होन्डुरससँगको खेलमा अर्जेन्टिनी टिममा डेब्यु गरेका थिए । उक्त खेलमा अर्जेन्टिनाले होन्डुरसलाई ३–० ले पराजित गरेको थियो ।

उनले अर्जेन्टिनी क्लब रिवर प्लेटबाट स्नातक गरेका छन् । उनले २०१९ मा अर्जेन्टिनी क्लब डिफेन्सा वाई जस्टिसियामा लोनमा प्रवेश पाएका थिए । डिफेन्सामा रहेर उनले कोपा सुदामेरिकाना र रिकोपा सुदामेरिकाना जितेका थिए । उनी २०२२ मा बेन्फिकामा आवद्ध भएका हुन् । जहाँ उनले १३ खेल खेल्दै १ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?