+
+

गोल्डेन ग्लोभ्सका साथ मार्टिनेजले किन गरे यसरी सेलिब्रेसन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १९:२०

४ पुस, काठमाडौं । अर्जेन्टिनाले पेनाल्टी शुटआउटमा फ्रान्सलाई पराजित गरी कतार विश्वकपको उपाधि उचाल्यो । एकपल्ट फेरि एमिलियानो मार्टिनेज यो जितको केन्द्रमा रहे ।

उनले नियमित खेलका दौरान थुप्रै शानदार बचाउ गरे । पेनाल्टी शुटआउटमा पनि फ्रान्सको एउटा प्रहार रोकेर विश्व विजेतासँगै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक बने ।

उनले गोल्डेन ग्लोभ्स पुरस्कार पाए । ठूलो पन्जा ।

गोल्डेन ग्लोभ्स पुरस्कार लिएर तस्वीरका लागि जाँदै गर्दा उनले कम्मरमूनिको क्षेत्रमा टाँसेर एक अजिवको खुसी मनाए ।

उनको यो हर्कतले थुप्रै तर्क वितर्क जन्माएको छ । धेरैले उनको यो व्यवहारको आलोचना गरेका छन् ।

फेरि एकपल्ट पेनाल्टी शुटआउटले समर्थक र खेलाडीको तनाव बढाइदिएको थियो । खेल सकिएपछि अर्जेन्टिनी सन्चारमाध्यम ला रेडसँगको कुराकानीमा उनले आफ्नो त्यो सेलिब्रेसन शैलीबारे खुलाए ।

‘मैले यसकारण यस्तो गरेँ कि फ्रान्सेलीहरुले मेराविरुद्ध हुटिङ गरिरहेका थिए,’ उनले भने,

उनले आफ्नो उपाधि परिवारलाई समर्पित गर्न चाहेको बताए । ‘म यो सफलता आफ्नो परिवारप्रति समर्पित गर्न चाहन्छु । म निकै शान्त स्थानबाट आएको हुँ र निकै सानो उमेरमा इंग्ल्याण्ड गएको थिएँ । म यो उनीहरुप्रति समर्पित गर्न चाहन्छु,’ उनले थपे ।

यद्यपी खेलपछि मार्टिनेजको व्यवहारले भने सबैलाई भावुक बनाएको थियो । फाइनलमा पारजित भएपछि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले केलिएन एम्बाप्पेलाई सान्त्वना दिइरहेको दृश्यमा मार्टिनेज पनि सँगै थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?