+
+

दैलेखमा २८८ विपद पीडित परिवारलाई राहत वितरण

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते ६:०६

४ पुस, काठमाडौं । गत वर्षायाममा दैलेखका ११ वटा पालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको समन्वय र ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा २८८ वटा घरधुरीलाई यस्तो सहयोग प्रदान गरिएको हो ।

छिमेकीको शरणमा बस्न बाध्य पीडितहरुलाई प्रति परिवार ५ हजार १७५ नगद तथा १ थान त्रिपाल, १ थान कम्बल र १ सेट सरसफाइ तथा स्वच्छता सामग्री सहितको राहत वितरण गरिएको हो ।

कर्णाली  प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले राहत सामग्री हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?