+
+

विश्वकपको ट्रफी बोकेर मेसी पुगे अर्जेन्टिना

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १२:२५

५ पुस, काठमाडौं । फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४-२ ले पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको अर्जेन्टिनी टिम घर पुगेको छ ।

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना टोली मंगलबार बिहान अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स पुगेको हो ।

आइतबार लुसेल स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको हो ।

अर्जेन्टिनाले समग्रमा तेस्रो पटक विश्वकप जित्दा ३५ वर्षीय मेसीले भने करिअरको पहिलो विश्वकप उपाधि जितेका हुन् ।

अर्जेन्टिनाको राष्ट्रिय टोलीले मंगलबार ब्यूनर्स आयर्सस्थित ओबिलिस्कमा विश्वकप जितेको खुसीमा विजय उत्सव मनाउनेछ । ओबिलिस्क खेलकुद उत्सवको परम्परागत केन्द्रबिन्दु हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?