+
+

विश्वकपको सफलतापछि कतारको नजर ओलम्पिकमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १५:०८

५ पुस, काठमाडौं । विश्वकप फुटबलको सफल आयोजनापछि कतारको नजर अब ओलम्पिक आयोजनातर्फ छ ।

कतार ओलम्पिक कमिटीले २०३६ को ओलम्पिक गेम्स आयोजनाका लागि इच्छा देखाएको छ र पहिलो चरणको छलफलका लागि औपचारिक प्रस्ताव समेत पेश गरेको जनाएको छ ।

कतारको यो बिडिङ भने होइन् । ओलम्पिक आयोजनाका गर्ने संभावना छ कि छैन भनेर विश्लेषण गर्ने अध्ययनका लागि यो प्रस्ताव पेश गरिएको हो ।

‘कतार ओलम्पिक कमिटीले आज घोषणा गरेको छ कि’, कतार ओलम्पिक कमिटीले ट्वीटरमा लेखेको छ,  ‘हामीले औपचारिक रूपमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) लाई २०३६ सम्ममा ओलम्पिक र पाराओलम्पिक खेल आयोजना गर्नका लागि वार्तामा सामेल हुनको लागि आफ्नो निवेदन पठाएको छौं ।’

कतार बाहेक एसियाकै इन्डोनेसिया र भारतले पनि २०३६ को ओलम्पिक आयोजनाका लागि चासो देखाएका छन् । गतवर्ष एसियाकै जापानमा टोकियो ओलम्पिक आयोजना भएको थियो । आगामी तीन ओलम्पिक बयोजनाका लागि आयोजक घोषणा भइसकेको छ ।

२०२६ को ओलम्पिक फ्रान्सको पेरिसमा, २०२८ मा अमेरिकाको लस एन्जलसमा र २०३२ अष्ट्रेलियाको ब्रिसवनमा हुनेछ ।

पहिलो पटक विश्वकप आयोजना गरेको कतारलाई ओलम्पिक आयोजनाका लागि सहज भने छैन । कतारमा ओलम्पिक खेलकुद आयोजना गर्न धेरै कठिनाइ छन् ।

२०२२ को विश्वकपका लागि कतारले २० अर्ब डलर आम्दानी गर्ने अनुमान गरेको छ । त्यसैले कतार ओलम्पिक आयोजनाका लागि उत्कृष्ट पूर्वाधार निर्माण गर्न चाहन्छ । बाँकी पूर्वाधार निर्माण गर्न आर्थिक शक्ति चाहिन्छ ।

यसअघि सन् २०१६, २०२० र २०३२ मा कतारलाई ओलम्पिक खेलकुदको आयोजकको रूपमा अस्वीकार गरिएको थियो ।

यद्यपि ओलम्पिक खेलकुदका लागि लजिस्टिक समस्याहरू यथावत छन् । मुख्यतया ग्रीष्मको उच्च तापक्रम घटाउनको लागि फुटबल विश्वकप शरद ऋतुमा आयोजना गरियो ।

कतारले यो पनि याद राख्नु पर्छ कि फिफाले इतिहासमा पहिलो पटक विश्वकपको आयोजना नोभेम्बर र डिसेम्बर महिनामा सार्नुपर्‍यो । यदी कतारको प्रस्ताव स्वीकार गर्नका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले पनि यो मुद्दाको विषयमा विचार गर्नुपर्छ ।

– मार्काबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?