+
+

नबिल जेन अल्फा : बालबालिकालाई काम र बचतको महत्व सिकाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १९:१२

काठमाडौं । काठमाडौंका उज्वल आचार्यलाई आजभोलि आफ्नो बालबालिका मोबाइल र टेलिभिजनमा धेरै समय बिताउँछन् कि भन्ने चिन्ताले सताउने गरेको छैन । किनभने उनी नबिल बैंकले ल्याएको ‘नबिल जेन अल्फा नामक’ योजनामा आबद्ध छन् । २९ भदौमा राष्ट्रिय बाल दिवसको अवसर पारेर बैंकले ल्याएको यो मोबाइल एपमार्फत उनले आफ्नो बालबच्चालाई दैनिक रुपमा गर्ने क्रियाकलाप र बचत गर्ने बानीमा अभ्यस्त बनाइरहेका छन् । बैंकको उक्त योजना अनुसार उनले आफ्नो बच्चाले अध्ययन गर्नेदेखि लिएर हरेक दिन गर्ने कामका लागि अंक तोकिदिएका छन् । यस एपमार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्नेछन् । यस्तै बालबालिकाहरुले पनि दिइएको कार्यसम्पादन पछि अंक कमाउन सक्छन् र त्यही अंक लिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको बैंकले जनाएको छ । एपमा आधारित उक्त योजनाले आफ्नो छोरालाई दैनिक कार्य पुरा गर्न मोटिभेट गराएको आचार्यले बताए ।

बालबालिकालाई वित्तीय साक्षरता र बचतको बानी सिकाउँदै काम गर्ने बानीको विकास गर्न समेत सहयोग गर्ने कन्सेप्टसहित बैंकले ल्याएको उक्त योजना आफूले पनि प्रयोग गरिहेको उनले बताए ।

‘पहिलेदेखि नै बाल बचत खाता खोलेको थिएँ । बैंकले उक्त योजनाबाट स्कुल पढ्ने उमेरका बालबालिकामा वित्तीय साक्षरतासँगै बचतको बानी विकास गराउनुपर्छ भन्ने उदेश्य राखेको रहेछ,’ उनले भने, ‘पैसाका लागि मिहेनत गर्नुपर्छ भनेर बालबालिबकामा ‘वर्किङ कल्चर’ को विकास गराउने सहयोगी प्रोडक्ट भएकोले पनि मैले त्यसलाई प्रयोग गरिरहेको छु ।’

मोबाइल तथा टेलिभिजनमा धेरै समय बिताउने, अभिभावकले सोधेको कुरामा अटेरी गर्ने, नकारात्मक बानीको विकास भएका बच्चाहरुलाई घरायसी काममा सहयोग गर्न र पढाइमा ध्यान दिन यो एपले मोटिभेसनको काम गरिरहेको उनले बताए ।

अभिभावकले दिएको निश्चित कार्य पुरा गरेपछि निश्चित अंक दिने र अंक पुरा भएपछि अभिभावकले आफ्नो बच्चाको खातामा एपकै माध्यमबाट पैसा पठाउने सक्ने गरी बैंकले उक्त योजना ल्याएको हो । अभिभावक र बालबालिकको संयुक्त खाता हुने यस योजनामा अभिभावक र बालवालिकाबीचको दुरी कम गर्न पनि सहयोग गरिरहेको अचार्यको तर्क छ ।

यो बचत खाताबाट बालबालिकाहरुलाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारीवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यस तर्फ उत्प्रेरित गराउन विशेष भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

बैंकले बालबालिकालाई बचत गर्ने प्रेरित गर्नुका साथै बालबालिकालाई काम गर्ने बानीको विकास गराउन यो योजना ल्याएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेको तर्क छ । बैंकले ‘नबिल जेन अल्फा’ को ब्राण्ड एम्बासडर प्रेन्सा रेग्मीले बनाएको छ ।

‘मोबाइलमा गेम मात्र खेलेर बिताउने बालबालिकालाई नयाँ कुरा सिक्नका लागि एपले मद्धत गर्नेछ,’ पाण्डेले भने, ‘एप मार्फत् बच्चाहरुले सानो उमेरदेखि पैसाको महत्व बुझ्नेछन् ।’

काठमाडौंका सुदीप श्रेष्ठ पनि उक्त एपका प्रयोगपछि आफ्नो बच्चाको दैनिकी नै परिवर्तन भएको बताउँछन् । यो योजनाले बालबालिकालाई वित्तीय सक्षरतासँगै पैसाको महत्व पनि बुझाउने उनको अनुभव छ । ‘बच्चाको जन्मदिनमा साइकल किनिदिने भन्दै मैले पनि एउटा टार्गेट सेट गरिदिएको छु,’ श्रेष्ठ भन्छन्, ‘निश्चित काम पुरा गरेपछि त्यही अनुसार अंक पनि दिइरहेको छु , त्यही अंक हेरेर उसले होमवर्क गर्ने, आफ्नो रुम सफा गर्ने जस्ता काम समयमा र नियमित गरिहरेका छन् ।’ यस एपको प्रयोगले ठूलो परिर्वनन नै भयो भन्ने नसके पनि आफ्नो बच्चाको दैनिकीमा परिवर्तन देखिएको उनले बताए ।

‘एपमा आधारित उक्त योजनामा निश्चित रकम पुगेपछि ‘क्युमिलिटिभ मुद्धति’ मा जम्मा हुने र ब्याज पनि पाइन रहेछ,’ श्रेष्ठले भने, ‘मैले पनि पहिले बाल बचत खाता खोलिदिएको थिएँ । त्यसमा उसको हातमा पैसा पर्‍यो भने पनि जम्मा गर्न बैंकमा जानुपर्ने । तर, यसमा बालबालिकालाई खेलको माध्यमबाट केही नयाँ कुरा सिकाउने, काम गर्ने बानीको विकाससँगै पैसाको महत्व तथा बचत गर्न सिकाउने भएकोले धेरै नै राम्रो लागेको छ ।’

बैंकका नायब प्रमख कार्यकारी अधिकृत पाण्डे नबिल जेन अल्फालाई डिजिटल खुत्रुकेको रुपमा पनि ब्याख्या गर्छन् । ‘घरमा रहेको खुत्रुकेमा बालबालिकाले राखेको पैसा जेन अल्फा मार्फत् डिजिटल खुत्रुकेमा राख्न सक्छन्,’ उनले भने, ‘बालबालिकाले यस एप मार्फत् खेल्दै पैसा बचत गर्न सिक्नेछन्।’

नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित खाता भएको उनले बताए ।

अभिभावकहरूले यस एपमार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्ने पाण्डे बताउँछन् । यस्तै बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यही अंक लिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको उनले बताए । यो योजनामार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको उनले बताए ।

यस योजना अन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर गर्न सक्नेछन् । यस्तै बालबालिकाको खातामा ३० हजार रुपैयाँ पुगेपछि १० हजार राखेर बाँकी रकम मुद्दति खातामा आफैं जम्मा हुनेछ । बालबालिकाहरुलाई ‘नबिल जेन अल्फा’ मोबाइल एपको माध्यमबाट काम र लक्ष्य एकिन गरी जिम्मेवारी दिन सकिने तथा काम र लक्ष्य प्राप्ति पश्चात पुरस्कृत पनि गर्न सकिने जस्ता सुविधाहरु प्रदान गरिएको पाण्डेले बताए ।

‘हाम्रो प्रमुख लक्ष्य बालवालिकालाई वित्तीय साक्षरता अभिवृद्धि र वित्तीय अनुसान तथा आत्मनिर्भर बन्न सिकाउने हो,’ उनले भने, ‘मोबाइल एपमा आधारित स्कीम केही प्राविधिक कठीनाइ छ । हामीले तत्काल भन्दा पनि भविष्य हेरेर ल्याएको प्रोडक्ट हो ।’

बालबालिकालाई वित्तीय साक्षरता र बचत गर्ने बानीको विकासको लागि उक्त योजना महत्वपूर्ण रहेको उनले दाबी गरे । ‘बैंकले तत्काल भन्दा पनि दीर्घकालीन प्रोडक्टको रुपमा ल्याएको हो । बालबालिकालाई वित्तीय रुपमा साक्षर बनाउँदै दीर्घकालीन रुपमा बैंकका खाता बढाउने लक्ष्य हो,’ उनले भने, ‘मोबाइल एपमा आधारित भएको हुनाले यसको प्रयोग कसरी गर्ने भनेर बुझाउनुपर्ने छ । जसले प्रयोग गर्नुभएको छ । उहाँहरुले राम्रो फिडब्याक दिनुभएको छ । हामीले भविष्य हेरेर ल्याएको प्रोडक्ट हो ।’

बच्चाहरुले पैसा जति पनि खर्च गर्ने भन्दै उनीहरुलाई पैसा कमाउन मिहिनेत गर्नुपर्छ र बचत आवश्यक छ भनेर सिकाउन उक्त प्रोडक्टले सहयोग गरेन उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?