+
+

बोर्डविरुद्ध आन्दोलनको स्वरुप तय गर्न देशभरका फिल्म हल व्यवसायी काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते ११:४१
फाइल तस्वीर

काठमाडौं । चलचित्र विकास बोर्डविरुद्ध आन्दोलन गर्न बाध्य भएको भन्दै देशभरका फिल्म हल व्यवसायी आज (बुधबार) काठमाडौंमा भेला भएका छन् ।

दिउँसोदेखि संघको केन्द्रीय कार्यालयमा हुने भेलाले बोर्डविरुद्ध आन्दोलनको स्वरुप तय गर्ने जनाइएको छ । महासचिव नरेन्द्र महर्जनले राष्ट्रिय भेलाले बोर्डविरुद्ध आन्दोलनको तयारी गर्ने बताए ।

काठमाडौं उपत्यकासहित जिल्लाबाट समेत ८० भन्दा बढी हल सञ्चालक काठमाडौंमा भेला भएका हुन् । बोर्डले अनावश्यक बहानामा दुःख दिएको र वितरक तथा प्रदर्शकलाई व्यवसायबाटै विस्थापित गर्ने मनसायको क्रियाकलाप गर्दै आइरहेकाले आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको संघले जनाएको छ ।

भेलाको पूर्वसन्ध्यामा बोर्ड अध्यक्ष भुवन केसीले वार्ताका लागि संघलाई पत्र पठाए पनि संघले भने आउन नसकिने जवाफ दिएको छ । ‘बोर्डको पत्र पाएका थियौं तर हामी गएनौं । भेलाले गर्ने निर्णयअनुसार हामी अघि बढ्छौं,’ संघका एक सदस्यले अनलाइनखबरसँग भने ।

एक साताअघि नै फिल्म सेन्सर गर्नुपर्ने, १० बजेपछि फिल्म देखाउन नपाइने र विश्वकप फुटबल देखाउन अवरोध गरेकोसहित सिंगल स्क्रिनका समस्यालाई लिएर प्रदर्शकको छाता संस्था बोर्डविरुद्ध असन्तुष्ट छ ।

नेपाली फिल्म नचलेको र अवतार : द वे अफ वाटर देखाउन नमिल्ने भएकाले अहिले सिंगल स्क्रिनहरु बन्दकै अवस्थामा रहेको भन्दै यसतर्फ पनि बोर्ड आक्रोशित छ ।

‘भेलाले गर्ने निर्णयअनुसार हामी अघि बढ्छौं,’ महासचिव महर्जनले भने, ‘बोर्डले पटकपटक दुःख दियो र अब हामी वार्ताको नाममा अलमलिने पक्षमा छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?