+
+

पाँचवर्षे कार्यकाल उपलब्धिमूलक रह्यो : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १३:१४

६ पुस, जनकपुरधाम । मधेश प्रदेश मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पाँच वर्षे कार्यकाल उपलब्धिमूलक भएको दाबी गरेका छन् ।

मुख्यमन्त्री राउतले बुधबार बिहान सरकारी निवासमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो कार्यकालका उपलब्धिहरु सुनाए । संघीयताको पहिलो अभ्यासमा प्रदेश संरचनाको जग बसाल्ने काम गरेको उनले दाबी गरे ।

‘मधेश सरकार गठन हुँदा हामीसँग स्रोत साधनको अभाव थियो । हामीसँग कार्यालयहरु थिएन । ऐनकानुन थिएन,’ उनले भने, ‘हामीले संरचना खडा गर्यौं । दर्जनौं बनायौं । संविधान कार्यान्वयनका लागि संविधानको अनुसूचिमा रहेका प्रदेशलाई दिइनु पर्ने अधिकारका लागि लड्यौं ।’

प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै काम गरेको उनको दावी छ । एक शहीद परिवार एक रोजगारी, दर्जनौं विधेयक प्रमाणीकरण, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, जनलोकपाल आयोग गठन, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण लगायतका महत्त्वपूर्ण काम गरेको उनले बताए ।

संघ सरकारको हस्तक्षेपकारी नीति तथा कर्मचारी अभावका कारण अपेक्षा अनुसार काम गर्न भने नसकेको उनले सुनाए । यद्यपि उनले विभिन्न चुनौतीका बाबजुद प्रदेश र संघीयतालाई सुदृढ गर्ने काम गरेको दावी गरे ।

प्रदेश प्रहरी ऐन, प्रदेश निजामती सेवा ऐन लगायतका लागि अन्य प्रदेशहरुभन्दा एक कदम अगाडि बढेर काम गरेको मुख्यमन्त्री राउतको दावी छ ।

पत्रकार सम्मेलनमा उद्योग, वन तथा पर्यटनमन्त्री शत्रुधन महतो र भूमिसुधार कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?