+
+

पर्यटन पूर्वाधारमा लगानी बढाउँदै आईएमई ग्रुप

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १३:४०

काठमाडौं । बैंक तथा वित्तीय, रेमिट्यान्स, सूचना प्रविधि तथा जलविद्युत क्षेत्रमा स्थापित आईएमई समूहले पछिल्लो समय पर्यटन उद्योगमा लगानी बढाएको छ ।

चन्द्रागिरी हिल्स प्रालिबाट पर्यटन क्षेत्रमा प्रवेश गरेको आईएमई समूहले यसै वर्ष दुई वटा नयाँ होटल आफ्नो स्वामित्वमा लिएर सञ्चालन गरेको छ । समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार लाजिम्पाटस्थित होटल ले हिमालय र कास्कीको पोखरामा द लेकसाइड रिट्रिट होटेल हालै स्वामित्वमा लिएर सञ्चालन गरेको हो ।

काठमाडौंमा रहेको होटल ले हिमालयमा कुल ५६ कोठा छन् । तीन तारे स्तरको अत्याधुनिक सुविधा सम्पन्न यो होटलमा सभाहल, रेष्टुरेन्ट तथा बारसहितका सुविधा रहेका छन् । काठमाडौंमा आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सुविधा प्रदान गर्न यो होटेलको स्वामित्वसहित सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यस होटलमा रुफटप रेष्टुरेन्ट थप गर्ने तयारी समेत रहेको छ । व्यावसायिक भेटघाट, बैठक, तालिम, सेमिनार तथा पार्टीका लागि समेत ग्राहकले यो होटेल छान्न सक्ने कम्पनीको भनाइ छ ।

त्यसैगरी, पोखराको द लेकसाइड रिट्रिटमा चार वटा प्रिमियम कटेजसहित ४० वटा कोठा छन् । सेमिनार हल, स्वीमिङ पुल, बार, स्पासहितका सुविधा यो होटलमा रहेका छन् । यो होटल ९ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्रका रुपमा छट्याएको छ । यस क्षेत्रमा आईएमई ग्रुपले समेत प्राथमिकताका साथ लगानी गरिरहेको ढकालले बताए । पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको एउटा महत्वपूर्ण आधार रहेकोले यस क्षेत्रमा समूहले लगानी बढाइरहेको उनको भनाइ छ ।

धमाधम बन्दैछन् केबलकार

आईएमई समूहले पर्यटन पूर्वाधारमध्ये सबैभन्दा बढी प्राथमिकता दिएको क्षेत्र हो केबलकार । समूहले एक प्रदेश एक केबलकार परियोजना निर्माणको लक्ष्यसहित पूर्वाधारमा लगानी गरिरहेको छ ।

अध्यक्ष ढकालका अनुसार अहिले बुटवलमा लुम्बिनी केबलकार र नवलपरासीमा मौलाकालिका केबलकारको काम अन्तिम चरणमा पुगेको छ ।

कास्कीको सिक्लेसमा निर्माण हुने केवलकार परियोजना वातावरणीय प्रभाव मूल्यांकनको चरणमा रहेको छ । यसबाहेक कैलालीको चिसापानीमा र ताप्लेजुङको पाथिभरमा समेत आईएमई ग्रुपले केबलकार निर्माणको काम अगाडि बढाइरहेको छ । आईएमई समूहले काठमाडौंको चन्द्रागिरीमा केबलकारसहितको रिसोर्ट सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?