+
+
Shares

आईएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै

२९ वैशाखमा औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा आउने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते २०:००

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • इला होटल तथा रिसोर्टको औपचारिक उद्घाटन २९ वैशाखमा हुनेछ।
  • होटलमा ६५ वटा कोठा, ब्यांक्वेट, कन्फ्रेन्स हल, रेस्टुरेन्ट लगायत सुविधा उपलब्ध छन्।
  • आईएमई ग्रुपले देशभरि केबुलकार र पर्यटकीय पूर्वाधार निर्माण गर्दैछ।

२८ वैशाख, काठमाडौं । आईएमई ग्रुपको लगानीमा नवलपुर गैंडाकोट नगरपालिका–१ मौलाकालीमा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आउँदै छ ।

२९ वैशाखमा औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा आउने भएको छ । मौलाकाली केबुलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ रुम, १ हजार जना क्षमताको ब्यांक्वेट तथा कन्फ्रेन्स हल, रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा र जिम लगायत सुविधा उपलब्ध छन् ।

केबुलकार सहित इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणी लगायत देवभूमि, तपोभूमि सहित सम्पदाको ऐतिहासिक गरिमा र महिमा तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटक समक्ष पुर्‍याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ ।

आईएमई ग्रुपले सातवटै प्रदेशमा केबुलकार, होटल तथा रिसोर्ट सहित पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ ।

हालसम्म तीन वटा प्रदेशमा केबुलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटल सहित आयोजना नै सञ्चालनमा आइसकेका छन् ।

लुम्बिनी केबुलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबुलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ ।

त्यहाँ अबको एक वर्षभित्र केबुलकार सञ्चालनमा आउने छ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने छन् । त्यस्तै ताप्लेजुङ पाथीभरामा केबुलकार निर्माण प्रक्रियामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?