+
+

सिरियल किलर चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १८:१८
Photo Credit : फाइल तस्वीर

६ पुस, काठमाडौं । सर्वोच्च अदालतले विकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई छाड्न आदेश दिएको हो ।

‘थुनामा बसेका कैदीबाट आफूलाई तोकिएको अवधिभन्दा बढी कैद राखिएकाले कैदमुक्त हुन पाउँ भनी निवेदन पेश भएको रहेछ’, सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले अनलाइनखबरसँग भने, ‘इजलासले सुनुवाइपछि निवेदनको माग जायज ठहर्‍याएर थुनामुक्त गर्नु भनी आदेश जारी गरेको हो ।’

शोभराजले आफ्ना कानुन व्यवसायीमार्फत पटकपटक सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिइरहेका थिए । त्यसमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउनुपर्ने कैद छुटको सुविधा दिन माग गर्ने गरेका थिए ।

शोभराजलाई जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानेडियन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

हेर्नुहोस् सर्वोच्चको आदेश :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?