+

लियोनल मेस्सीले पीएसजीसँगको सम्झौता एक सिजन थपे

२०७९ पुष  ७ गते १३:१२ २०७९ पुष ७ गते १३:१२
लियोनल मेस्सीले पीएसजीसँगको सम्झौता एक सिजन थपे

७ पुस, काठमाडौं । अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेसीले पीएसजीसँगको सम्झौता लम्ब्याएका छन् । २०२२ को डिसेम्बरमा सकिएको सम्झौता लम्बाउँदै उनी २०२३–२४ को सिजनमा पनि पीएसजीमा नै रहने भएका छन् ।

फ्रान्सको दैनिक पत्रिका लि पेरिसियनले बुधबार उक्त कुराको खुलसा गरेको हो ।

३५ वर्षीय मेस्सी सात पटक बालोन डी’ ओर विजेता हुन् । उनको टिमले आइतबार भएको फिफा विश्वकप फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकप जितेको थियो ।

‘डिसेम्बरको सुरुमा नै मेस्सीको सम्झौता अवधि सकिएको थियो । उनको सम्झौता कम्तीमा पनि एक वर्ष लम्बाइएको हो’, पत्रिकाले स्रोत खुलाउँदै लेखेको छ ।

यस विषयमा पीएसजीले भने खुलेर केही कमेन्ट गरेको छैन । पीएसजीका अध्यक्ष नसिर अल– खेलाफीले अघिल्लो महिना भनेका थिए, ‘मेस्सी लिग वान् च्याम्पियन भएका कारण खुसी थिए । उनको सम्झौता बढाउने बारे भने विश्वकप पछि कुरा हुनेछ ।’

अर्जेन्टिनालाई यसवर्षको विश्वकप जिताएका कप्तान मेस्सीले यस सिजको खेलमा पीएसजीका लागि १२ गोल र १४ असिस्ट गरेका छन् ।

लियोनेल मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय