+
+

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जहाज अवतरण

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १८:०५

७ पुस, पोखरा । व्यावसायिक उडानको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण गरेको छ ।

पोखराकै पुरानो विमानस्थलबाट उडेको यति एयरलाइन्स र बुद्ध एयरको जहाज नयाँ विमानस्थलमा अवतरण गराएर ‘डेमो फ्लाइट’ गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

नयाँ विमानस्थलमा यति एयरलाइन्सको जहाज उडाएर पुगेका प्रशिक्षक पाइलट प्रमोद पौडेलले विमानस्थल उत्कृष्ट बनेको प्रतिक्रिया दिए । उनले भने, ‘यसले आन्तरिक उडान अझ सुरक्षित बनाउने छ ।’

विमानस्थलमा आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना बनाइएका छन् ।

१ जनवरी २०२३ देखि यस विमानस्थलबाट साना जहाज, हेलिकप्टर र अल्ट्राफ्लाइटबाहेक सबै उडान यसै विमानस्थलबाट हुने गरी तयारी गरिएको छ ।

यस विमानस्थलमा नेपालकै पहिलो एरोब्रिज रहेको छ । अन्तर्राष्ट्रिय उडानका यात्रु अब यसै एरोब्रिजबाट जहाज चढ्न र झर्न सक्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?