+
+

‘व्यवसायी’ सांसदको प्राथमिकता : निजी क्षेत्रको हित र ब्याजदर नियन्त्रण

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते २१:४३

७ पुस, काठमाडौं । संसद छिरकै दिनमा व्यावसायिक पृष्ठभूमिका सांसदहरुले समस्या परेको उद्योगी व्यवसायी र अर्थतन्त्रहरुको पक्षमा नीति नियम बनाउने बताएका छन् । बैंकको ब्याजदर वृद्धिको कारण समस्या परेको उद्योगी व्यवसायी र अर्थतन्त्रको पक्षमा नीति बनाउन पहल गर्ने उनीहरुको भनाइ छ ।

बिहीबार शपथग्रहणपछि संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै उद्योगी-व्यवसायी समेत रहेका सांसदहरुले निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको पक्षमा नीति नियम बनाउनको लागि काम गर्ने बताएका हुन् ।

पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको समस्या तथा बैंकको उच्च ब्यादर वृद्धिको कारण समस्यामा परेका उद्योगीहरुलाई राहत दिने गरी काम गर्ने उनीहरुको भनाइ थियो ।

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बैंकिङ तरलता अभाव, कमजार पूँजीगत खर्च्ाको प्रवृत्ति,, बढदो चालु खर्चले कर्मचारीलाई तलब समेत ऋण गरेर खुवाउनुपर्ने अवस्था लगायतका समस्या औल्याउँदै  बैंकिङ ब्याजदर उच्च्ा भएकाले उद्योग व्यवसाय नै चल्न नसक्ने अवस्था आएको पनि बताए ।

‘५० देखि ६० हजार युवाहरु नेपालमा केही गर्न सकिन्न भन्ने मानसिकताका आधारमा विदेश गइरहेको अव्ास्था छ,’ उनले भने,’धान्न नसक्ने ठूलो खर्च लगायत समस्याहरु छन् ।’

यस्ता समस्याहरु तत्काल सरकार गर्न नसकिए देशको अर्थतन्त्र झन धारासायी हुने भन्दै चौधरीले  त्यो समस्या समाधान गर्ने प्रतिनिधि पात्र आफू पनि भएको बताए । ‘यस्ता कुरलाई प्राथमिकता र केन्द्रविन्दुमा राखेर आगामी आउने सरकारले सम्पूर्ण कामको लानुपर्छ, ‘ उनले भने ।

व्यवसायी समेत रहेका नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचनले मुलुकको आर्थिक उन्नति र निजी क्षेत्रको हितका लागि काम गर्ने बताए । प्रतिनिधि सभा सदस्य पदको शपथग्रहणपछि संसदमा प्रवेश गर्ने ढोका खुलेको छ,’ उनले भने,’ मुलुकको आर्थिक उन्नति र निजी क्षेत्रको हीतका लागि काम गर्नेछु ।’

मेडिकल व्यवसायी समेत रहेका नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्माले निजी क्षेत्रका व्यवस्ाायीहरुको पक्षमा सांसदले गर्नसक्ने खालका नीति निर्माणका लागि काम गर्ने बताए । कानून निर्माण गर्दा व्यापारी र राज्यको पक्षमा पहल गर्ने उनको भनाइ थियो । ‘मेरो पहिलो प्राथमिकता पूर्वाञ्चल विश्व विद्यालयको मेडिकल कलेज स्थापना हो,’ उनले भने,’निर्वाचन क्षेत्रको विकास निर्माण र देश निर्माणको सवालमा लाग्छु ।’

सेयर लगानीकर्तासमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले निजी क्षेत्रसहितसबै क्षेत्रको हित र विकासको लागि बनाउनुपर्ने नीतिका लागि काम गर्ने बताए ।

सेयर बजारको विस्तार विकासको लागि नियाकम निकायहरुले बनाउन नसकेका नीतिगत व्यव्ास्थाहरु बनाउन पहल गर्ने बताए ।

‘मैले एउटा मात्रै क्षेत्र हेरेर हुँदैन, सबै क्षेत्रको विकासको लागि बनाउनुपर्ने नीतिका लागि काम गर्ने हो,’ उनले भने,’निजी क्षेत्रमा रहेका समस्याहरु समाधानका लागि बनाउन बाँकी नीति नियमहरु बनाउन लाग्नेछु ।’

व्यवसायी तथा जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले उच्च रुपमा वृद्धि भएको बैंकिङ व्याजदरको विषयमा सदनका कुरा उठाउने बताए ।

उनले बैंकमा महँगो ब्याजदरको कारण व्यापारीहरुलाई असर परेको बताए । उनले संसदमा ब्याजदर कम गरेर व्यवसायीहरुलाई राहत दिने काम गर्ने बताए ।

‘अहिले विश्वव्यापी रुपमा नै अर्थतन्त्रमा असर परेको छ । पछिल्लो समय नेपालमा बैंकमा महँगो ब्याजदरको कारण व्यापारीहरुलाई असर परेको छ,’ उनले भने,’ त्यो विषयमा सदनमा कुरा उठाउँछौं । बैंकको ब्यादर कम गरेर व्यवसायीहरुलाई सहयोग गरेर राहत दिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?