+
+

भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले आज

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १२:२२

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको’को चौथो सिजनले आज (शुक्रबार) विजेता प्राप्त गर्दैछ । बेलुका हुने ग्रान्ड फिनालेमा अन्तिम चारका प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् ।

जसमा प्रमोद खरेलको समूहबाट योगेश मगर, टिम राजेश (राजेशपायल राई)बाट सविना योङहाङ, टिम राजु (राजु लामा)बाट करण राई र टिम प्रविशा (प्रविशा अधिकारी)बाट शाइल लिम्बू छन् ।

दर्शकको भोटको आधारमा विजेता छानिनेछन् । डेढ महिनाअघिदेखि सुरु भएको चौथो सिजनमा ४२ हजार जनाको आवेदनबाट १२० हुँदै छानिएका ६४ जनाले डिजिटल अडिसन दिएका थिए ।

फिनालेको क्रेज सर्वसाधारणमाझ मात्र होइन, नेतामाझ पनि उत्तिकै छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एमाले नेता योगेश भट्टराईदेखि धरानका मेयर हर्क साम्पाङसम्म भ्वाइसको क्रेज देखिएको छ ।

राप्रपा अध्यक्ष लिङ्देनले सविना योङहाङ फिनालेमा प्रवेश गरेकोमा खुसी व्यक्त गर्दै नातिनीको लागि भन्दै भोट मागेका छन् । धरानका मेयर साम्पाङ पनि उनलाई जिताउन आग्रह गरिरहेका छन् । फिनालेलाई मनोरञ्जनात्मक बनाउन अन्तिम १२ ट्यालेन्टले गायकी प्रस्तुत गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?