+
+

वागमतीको दोस्रो प्रदेश खेलकुद चैतमा, १२ खेल समावेश

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १२:५७
फाइल तस्वीर ।

८ पुस, काठमाडौं । वागमती प्रदेश खेलकुद परिषदले दोस्रो संस्कणको बृहत प्रदेश खेलकुद चैत २४ देखि ३० गतेसम्म आयोजना गर्ने भएको छ ।

विहीबार परिषद बोर्ड बैठकमा विज्ञहरुसमेतको राय लिएर प्रदेश खेलकुदको मिति निर्धारण गरिएको सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

पहिलो संस्करणको तुलनामा समावेश खेल संख्यम पनि बढाइएको सदस्यसचिव भण्डारीले जानकारी दिए । दोस्रो संस्करणका लागि उसु, जुडो, आईटीएफ तेक्वान्दो र पौडी छन् । पौडीको जिल्लागत प्रतिस्पर्धा नगराइ सिधै प्रतियोगितामा खुला स्पर्धा गराइने भएको छ ।

अघिल्लो वर्ष फागुन २८ गतेदेखि १० दिनसम्म चलेको प्रतियोगितामा ८ खेल समावेश भएका थिए । त्यतिबेला खेलाइएको तेक्वान्दो, एथलेटिक्स, कराँते, बक्सिङ, फुटबल, क्रिकेट, ब्याडमिन्टन र भलिबललाई यसपल्ट पनि निरन्तरता दिइएको छ ।

परिषदले गत असोज÷कात्तिकमा गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुदका पदक विजेता वागमती प्रदेशका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ ।

वागतमी प्रदेशले सरकारी ग्रासरुट कार्यक्रम राष्ट्रपति रनिङ शिल्डको केन्द्रीय प्रतियोगिता हुने १५ दिन अघि नै प्रदेश छनोट सम्पन्न गरिसक्ने निर्णय गरेको छ । राष्ट्रपति रानिङ शिल्डको स्थानीय र जिल्लास्तरीय प्रतियोगितामा सबै विद्यालयको सहभागिता गराउने पनि परिषदको निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?