+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बुटवल पावरले १२.५ प्रतिशत लाभांश दिने

३० पुसमा साधारणसभा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १२:५८

८ पुस, काठमाडौं । बुटवल पावर कम्पनीले १२.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैंठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न ३० पुसमा साधारणसभा आह्वान गरेको छ । साधारणसभाको लागि १८ पुसदेखि ३० पुससम्म सेयरधनी दर्ता किताब बन्द रहने कम्पनी जनाएको छ । जसअनुसार १७ पुससम्म कायम सेयरधनीले मात्रै कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नेछन् । यस्तै सोही मितिसम्म कायम सेयरधनी साधारणसभामा सहभागी हुन सक्नेछन् ।

कम्पनीको प्रस्तावित लाभांश ३० पुसमा हुने वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?