+
+

‘कबड्डी’ हिरोइन रिश्मा गुरुङ पतिसँगै उडिन् अमेरिका

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १४:०८

काठमाडौं । अभिनेत्री रिश्मा गुरुङ ‘कबड्डी’ फिल्मका दर्शकमाझ चर्चित नाम हो । कबड्डीको पहिलो र दोस्रो श्रृंखलामा उनले ‘मैयाँ’ पात्रको भूमिकामा अभिनय गरेकी थिइन् ।

केही समय मिडियाबाट ओझेलमा रहेकी रिश्माले तीन वर्षअघि प्रेम विवाह गरेकी थिइन् । अमेरिकी वायुसेनामा कार्यरत सन्दीप गुरुङसँगको पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेपछि उनी फिल्मबाट टाढा थिइन् ।

रिश्मालाई लिएर यतिबेला नयाँ खबर छ । उनी पति सन्दीपसँगै अमेरिकातर्फ प्रस्थान गरेकी छन् । सामाजिक सञ्जालमा पति र आफ्नो तस्वीर सेयर गर्दै उनले विदेश उडेको उल्लेख गरेकी छन् ।

‘लाहुरै चलियो लाहुरेसँग । फेरि भेटौंला । बाइ बाइ नेपाल,’ उनले फेसबुकमा लेखेकी छन् । विवाहपछि रिश्मा पोखरामा बस्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?