+
+
Shares

गोरखामा किरियापुत्री घर निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १५:०८

८ पुस, गोरखा । गोरखा नगरपालिका‍-६ पदेलीमा किरियापुत्री घर निर्माण भएको छ । ठूलो आँगनकी स्थानीय समाजसेवी कृष्णदेवी श्रेष्ठको आर्थिक सहयोग र राजुबाबु श्रेष्ठको समन्वयमा भवन निर्माण भएको हो ।

सो स्थानमा यसअघि जिर्ण र प्रयोगविहीन अवस्थामा रहेको पाटी थियो । सोही ठाउँमा अहिले पक्की भवन बनाइएको हो ।

हाल निर्माण भएको भवनको भुइँ तलामा दुई वटा कोठा र माथिल्लो तलामा एउटा हल रहेको भवन निर्माण समिति अध्यक्ष अयोध्या जोशीले बताए । हलमा करिब ५० जना अट्ने उनले जानकारी दिए ।

भवनको कुल लागत १८ लाख ७९ हजार रहेको समितिका कोषाध्यक्ष दिपकबाबु श्रेष्ठले बताए । भवन निर्माणका लागि आवश्यक सबै रकम कृष्णदेवीले सहयोग गरेकी हुन् ।
भवनको नाम कृष्णदेवी किरियापुत्री घर राखिएको छ । भवनको शुक्रवार एक कार्यक्रमका बिच आर्थिक सहयोगदाता कृष्णदेवी श्रेष्ठले उद्घाटन गरेकी छन् ।

भवन निर्माण समिति अध्यक्ष जोशीको अध्यक्षता तथा श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पुर्व सांसद जीवनप्रेम श्रेष्ठ, वडा नम्वर ६ का अध्यक्ष राजेन्द्र कुमार जोशी, जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, ऐतिहासिक क्षेत्र संरक्षण समितिका अध्यक्ष सुरेशमान श्रेष्ठ, समाजसेवी धिरजबहादुर मास्के लगायतले मन्तव्य राखेका थिए ।

भवन निर्माण भएसँगै मृत्यु संस्कार अन्तरगत काजक्रिया गर्नका लागी ठाउँको समस्या नहुने अपेक्षा गरिएको छ ।

न्यूनतम शुल्क निर्धारण गरेर भवन संचालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि किरियापुत्री भवन संचालन समिति पनि गठन गरिने बताइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?