
काठमाडौं । लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’को लागि डिजिटल अडिसन खुल्ला गरिएको छ । ७७ जिल्लाबाटै जिल्लास्तरीय प्रतिस्पर्धामा पहिलो, दोस्रो, तेस्रो र चौथो भएकाले आवेदन दिन सक्ने भएका छन् ।
अडिसनको आवेदन पुस १३ देखि २९ गतेसम्म दिन सकिने आयोजक डीआर म्युजिकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । मुलुकका प्रतिष्ठित ४२ कलाकारबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा हुने उल्लेख छ ।
नेपालमा पहिलो पटक लिगस्तरीय (अंकभार अनुसार) दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमका संयोजक अमृत खातीले जानकारी दिए । ‘दोहोरी आइडल’का विजेताले नगद १५ लाख रुपैयाँ र कार पुरस्कार पाउनेछन् भने दोस्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले ५ लाख प्राप्त गर्ने भएका छन् ।
शोको छायांकन माघदेखि सुरु गरिने र फागुनबाट नेपाल नेटवर्क टेलिभिजनमा प्रसारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।
प्रतिक्रिया 4