+
+

चार्ल्स शोभराजको ठाउँमा आफ्नो फोटो भाइरल भएपछि रणदीप हुडाको यस्तो प्रष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ९ गते १३:३४

काठमाडौं । नेपालको कारागारबाट रिहा भएपछि ‘सिरियल किलर’ समेत भनिने चार्ल्स शोभराजलाई उनकै देश फ्रान्स डिपोर्ट गरिएको छ । पछिल्ला दुई दिन शोभराज नेपालसहित अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चामा रहे ।

मिडियादेखि सामाजिक संजालमा चार्ल्स भाइरल बनिरहँदा बलिउड अभिनेता रणदीप हुडाको तस्वीर समेत ब्यापक सेयर भयो । प्रतिष्ठित मिडियाले नै चार्ल्स भन्दै रणदीपको तस्वीरलाई प्रयोग गरिरहेका दिए ।

खासमा उक्त तस्वीर सन् २०१५ मा रिलिज भएको हुडा स्टारर फिल्मको तस्वीर हो जहाँ उनले चार्ल्सकै भूमिकामा अभिनय गरे । चार्ल्सको ठाउँमा आफ्नो तस्वीर सेयर भएपछि अभिनेता हुडाले प्रष्टीकरण दिएका छन् ।

उनले उक्त समाचारको तस्विर ट्वीट गर्दै लेखेका छन्, ‘यो ब्याक ह्यान्डेड कम्प्लिमेन्ट हो वा तपाई वास्तवमै ‘रियल’ र ‘रिल’ चार्ल्स शोभराजबीच भ्रममा पर्नुभयो ?

यो तस्वीरलाई लिएर हास्यास्पद प्रतिक्रिया पनि प्राप्त भएका छन् । तस्वीरमा केही कारण पनि थियो जसले गर्दा धेरैजना रिल र रियलका चार्ल्स एउटै हुन् भन्ने भ्रम धेरैलाई भयो ।

लेखक र स्तम्भकार जैनाब सिकन्दरले अभिनेता हुडाको ट्विटको जवाफ दिए, ‘मान्छेहरु भ्रममा परे किनभने चार्ल्स शोभराजको त्यो भूमिकाको लागि तपाईंले आफूलाई चरित्रमा रूपान्तरण गर्नुभयो । उनीहरूलाई दोष दिन सकिँदैन ।’

प्रवाल रमनद्वारा निर्देशित फिल्म ‘मैं और चार्ल्स ’मा ऋचा चड्डा, आदिल हुसैन, एलेक्स ओ’नेल, मन्डना करीमी र लक्की मोरानीले पनि अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?