+
+

बाराबाट युरेनियमजस्तो देखिने वस्तुसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १०:१८

१० पुस, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट युरेनियम जस्तो देखिने वस्तुसहित तीन जना पक्राउ परेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका-५ बस्ने २९ वषर्ीय रवी चौधरी, ३० वषर्ीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका-२ बस्ने २२ वषर्ीय वृज सहनीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

जीतपुरसिमरा-७ स्थित आदित्य होटलको कोठा नं. ४ बाट शनिबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेड क्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए । उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाईने सशस्त्र प्रहरीले जनाएको छ ।

उनीहरुबाट बरामद गरिएको दुई किलोको वजनको उक्त वस्तु युरेनियम हुनसक्ने प्रहरीको अनुमान छ । चम्किलो उक्त वस्तुमा बिजुलीको बल्ब छुवाउँदा बल्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?