+
+

निधिमार्फत देउवाको सन्देश सुनेपछि प्रचण्डले भने– गठबन्धन संकटतिर गयो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १२:५५

१० पुस, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा जानुअघि आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी पदाधिकारीहरुसँग छलफलमा थिए । उनले आफ्नै निवास, खुमलटारमा उपमहासचिवसम्मका पदाधिकारीलाई बोलाएका थिए ।

माओवादी नेताहरुको छलफल चलिरहँदा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि प्रचण्डलाई भेट्न आइपुगे । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर आएका निधिलाई भेटेपछि प्रचण्डले नेताहरुलाई सुनाए, ‘गठबन्धन संकटतिर गयो ।’

एक पदाधिकारीका अनुसार निधिले राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न नसक्ने सन्देश सुनाएका थिए । उनले प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री पद लिन आग्रह गरेका थिए ।

कांग्रेसबाट यस्तो प्रस्ताव आएको भन्दै प्रचण्डले प्रतिपक्षमा बस्ने कि अरु विकल्पमा जाने भनेर नेताहरुलाई सोधेका माओवादी केन्द्रका एक नेताले बताए ।

बैठकमा केही नेताले प्रधानमन्त्री पदकै लागि गठबन्धन तोडेको सन्देश जानु राम्रो नहुने बताएका छन् । राष्ट्रपति र सभामुख पद लिएर भए पनि गठबन्धन जोगाउनुपर्ने उनीहरुले सुझाव दिएका थिए ।

केही पदाधिकारीले भने कांग्रेसले धोका दिएको भन्दै विकल्प खोज्नुपर्ने धारणा राखेका थिए । ‘गठबन्धन जोगाउन प्रयास गरौं, कांग्रेससँग फाइनल कुरा गर्ने भनेर नेताहरु बालुवाटार जानुभएको छ,’ ती पदाधिकारीले भने, ‘के हुन्छ भन्न सकिन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?