
१० पुस, विराटनगर । नेकपा एमालेले प्रदेश १ मा सरकार गठनका लागि छलफल गर्न वार्ता टोली गठन गरेको छ ।
आइतबार बसेको प्रदेश १ संसदीय दलको बैठकले हिक्मतकुमार कार्कीलाई दलको नेतामा चयन गरेको थियो । सोही बैठकले कार्कीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको हो ।
टोलीको सदस्यमा तीलकुमार मेन्याङ्बो, रेवतीरमण भण्डारी, सिर्जना राई र लीलाबल्लभ घिमिरे सदस्य छन् । टोलीले सरकार गठन र अन्य विषयमा दलहरुसँग सम्वाद गर्ने भण्डारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4