+
+

राष्ट्रपतिका विषयमा सरकार बनेपछि छलफल गर्छौं : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १६:२७

१० पुस, काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले सरकार गठन पछि मात्र राष्ट्रपति र सभामुख लगायतका पद भागवण्डाका विषयमा छलफल गर्ने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो ।

सो निर्णयपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले भने, ‘अहिले एजेण्डामा आधारित सरकार गठनको सहमति गरेका हौं । सरकार बनेपछि अन्य विषयमा छलफल हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?