+
+

सरकार गठन प्रक्रियामा सहयोग गर्ने राप्रपाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १६:३१

१० पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार गठन प्रक्रियामा सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले राजनीतिक स्थिरताका लागि सरकार गठन प्रक्रियामा सहयोग पुर्‍याउने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए ।

आइतबार नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सरकार बनाउने निर्णय गरेको थियो ।

राप्रपाले कुनै गठबन्धनमा सहभागी हुने विषयमा प्रष्ट निर्णय नगरे पनि सरकार गठनमा सहयोग गर्ने निर्णय भएकाले एमाले नेतृत्वकै नयाँ गठबन्धनलाई समर्थन रहने राप्रपाका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?