+
+

ह्वाट्सएपमा कसरी पठाउने गुणस्तरीय तस्वीर ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १७:२१

ह्वाट्सएप लगायतका मेसेजिङ एपहरु दैनिक जीवनको हिस्सा बनिसकेका छन् । मेसेजिङ एपमध्ये सबैभन्दा सुरक्षित र लोकप्रिय मानिएको ह्वाट्सएपमा विभिन्न फिचरहरु उपलब्ध छन् ।

ह्वाट्सएपबाट हामी भ्वाइस कल, भिडियो कल, टेक्स्ट मेसेजिङ लगायत धेरै काम गर्न सक्छौं । यो प्लेटफर्ममा हामी ठूलो संख्यामा भिडियो तथा तस्वीर सेयर गरिरहेका हुन्छौं । तर धेरै प्रयोगकर्ताको गुनासो चाहिं ह्वाट्सएपमा पठाइएका फोटोहरु प्रापकसम्म आइपुग्दा त्यसको गुणस्तर अर्थात् इमेज क्वालिटी खस्किएको भन्ने हुन्छ ।

हो, जब हामी कुनै फोटो वा भिडियो ह्वाट्सएपमार्फत् कसैलाई पठाउँछौं त्यसको गुणस्तर खस्किएको हुन्छ । तर चिन्तित हुनु पर्दैन, तपाईंलाई आफूसँग भएकै गुणस्तरको तस्वीर ह्वाट्सएपमा कसैलाई पठाउन मन छ भने पनि सक्नुहुन्छ । यसका लागि तपाईं आफैंले ह्वाट्सएपको सेटिंग्समा परिवर्तन गरी उच्च गुणस्तरको तस्वीर पठाउन सक्नुहुन्छ । ह्वाट्सएपले हालै मात्र यो फिचर थप गरेको हो ।

वास्तवमा ह्वाट्सएपले डाटा कम खर्च गर्ने र सन्देश छिटो भन्दा छिटो पठाउने प्रयोजनका लागि तस्वीरहरु पठाउँदा त्यसको गुणस्तर आफैं घटाउने गर्छ ।  तर अब चाहिं तपाईं आफ्नो इच्छाअनुसारको गुणस्तरमा तस्वीर वा भिडियो पठाउन सक्नुहुन्छ । तपाईंले ह्वाट्सएपको सेटिंग्समा परिवर्तन गरी उच्च गुणस्तरीय तस्वीर पठाउन सक्नुहुन्छ ।

– सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् । त्यहाँ माथिपट्टि रहेका तीनवटा थोप्लायुक्त आइकनमा क्लिक गर्नुहोस् । त्यसो गर्दा विभिन्न अप्सन देखा पर्दछन्, तीमध्ये Settings मा जानुहोस् ।

Premium mobile phone screen mockup template

– सेटिंग्सभित्र रहेको Auto recommended अप्सनमा क्लिक गर्नुहोस् जहाँ Photo upload quality नामक अप्सन देखिनेछ ।

– उक्त अप्सनमा क्लिक गरेसँगै नयाँ विन्डो खुल्नेछ, जसमा तीनवटा अप्सन प्राप्त हुनेछन् । पहिलो विकल्प Auto recommended हो, जुन डिफल्ट रुपमै छानिएको हुनेछ । Auto अप्सनमा फोटोहरु पठाइँदा नेटवर्कको गुणस्तरको हिसाबमा प्रेषित हुन्छन् ।

Premium mobile phone screen mockup template

–  साथै Data Saver तथा Best Quality को अप्सन पनि रहेको छ । उच्च गुणस्तरमा ह्वाट्सएपमा तस्वीर पठाउन चाहनुहुन्छ भने तपाईंले Best Quality अप्सन छान्नुपर्छ । यद्यपि यसमा डाटा खपत केही बढी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?