+
+

प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी समकक्षी शरिफले दिए बधाई

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १३:०९

११ पुस, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले बधाई दिएका छन् ।

आइतबार प्रधानमन्त्रीमा नियुक्त भएर आज शपथ लिन लागेका प्रधानमन्त्री प्रचण्डलाई शरिफले ट्वीटरमार्फत बधाई दिएका हुन् ।

‘नेपालको प्रधानमन्त्री भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई छ । क्षेत्रीय साझेदारका रूपमा नेपाल र पाकिस्तानबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यसपछि दुई देशबीचको क्षेत्रीय सहकार्य द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनेछ अपेक्षा गरेको छु’ उनले ट्वीटरमा लेखेका छन् ।

शरिफ प्रचण्डलाई बधाई दिने प्रधानमन्त्रीस्तरका दोस्रा नेता हुन् । यसअघि प्रचण्ड नियुक्त भएको केही समयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नै बधाई दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?