+
+

प्रधानमन्त्रीको शपथमा जान सकिनन् प्रचण्ड पत्नी सीता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १६:५१

११ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल स्वास्थ्यका कारणले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा उपस्थित हुन सकिनन् ।

परिवारका अन्य सदस्यहरु प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । दाहाल भने बिरामीका कारणले उपस्थित हुन सकिनन् ।

दाहाल हिँडडुल गर्न नसक्ने अवस्थामा छिन् । दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । उनलाई लागेको रोगलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी पीएसपी भनिन्छ ।

दाहालको अमेरिका, भारत, सिंगापुरमा उपचार गरिएको थियो ।

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा पुस १० ( आइतबार) नियुक्त भएका थिए । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?