+
+

नयाँ सरकारले निजी क्षेत्रलाई विशेष ऊर्जा दिनुपर्छ : उद्योग परिसंघ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १६:४६

११ पुस, काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्र जटिल अवस्थाबाट गुज्रिएको भन्दै सुधारका लागि नयाँ सरकारबाट विशेष ऊर्जा चाहिएको बताएको छ ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष बिष्णुप्रसाद अग्रवालले यस्तो धारणा राखेका हुन् ।

तरलताका कारण ब्याजदर बढेको भन्दै उनले निजी निरास अवस्थामा रहेको बताए । ‘नयाँ सरकारबाट हामी विशेष उर्जा चाहान्छौं,’ अध्यक्ष अग्रवालले भने, ‘२ प्रतिशत मात्रै ब्याजदर घटाउने हो भने निजी क्षेत्रले हौसला पाउँछ ।’

तरला समस्या र ब्याजदरले नयाँ लगानी निरुत्साहित भएको, बजारमा माग घट्दा उद्योगहरुको उत्पादनमा संकुचन आएको र अर्थतन्त्रमै संकुचन आएको पनि अग्रवालले बताए ।

नयाँ सरकारका अर्थमन्त्रीले वर्तम्ाान समस्या समाधान गर्न दीर्घकालीन आर्थिक दृष्टिकोणसहितको पहल नगरे अर्थतन्त्र संकटमा जाने पनि परिसंघको दाबी छ ।

कार्यक्रममा परिंसघका उपाध्यक्ष कृष्णबहादुर अधिकारीले अहिलेको सबैभन्दा ठूलो समस्या तरलता र ब्याजदर भएको भन्दै पुनर्कर्जा नवीकरण गर्नुपर्ने, पुसमा बुझाउनु पर्ने आयकरको किस्तामा सहजीकरण गरिदिनुपर्ने बताए ।

चालु पूँजी कर्जा मार्गदर्शन राम्रो भए पनि ‘असहज परिस्थितिमा जसरी पनि लागू गर्छु’ भन्दा त्यसले उद्योगी व्यवसायी मारमा परेको उनको भनाइ छ ।

नाफिजका अध्यक्ष मोदनाथ ढकालले अर्थतन्त्रको सबलीकरणका लागि आर्थिक पत्रकारहरुले तटस्थ खबरदारी गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?