+
+

चीन जाने विदेशी यात्रुलाई ८ जनवरीदेखि क्वारेन्टिनमा बस्न नपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते ८:१५

१२ पुस, काठमाडौं । कोरोना संक्रमणको नयाँ लहर बढिरहे पनि चीनले विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाउने भएको छ । आगामी ८ जनवरीदेखि चीन जाने विदेशी यात्रुहरु क्वारेन्टिनमा बस्नुपर्ने छैन ।

सन् २०२०को मार्च महिनायता चीन जाने सबै विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम थियो । यद्यपि क्वारेन्टिमा बस्नुपर्ने अवधि सुरुमा तीन हप्ता रहे पनि त्यसलाई घटाउँदै पाँच दिनमा कायम गरिएको थियो । चीन सरकारले केही दिनयता लगातार कोभिडसँग सम्बन्धित प्रतिबन्धहरु खुकुलो बनाउँदै लगेको छ ।

नयाँ नियम अनुसार चीनले कोभिडलाई ए श्रेणीको संक्रामक विरामीबाट बी श्रेणीमा झारेको चीनको स्वास्थ्य आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसको अर्थ अब क्वारेन्टिनमा बस्नुनपर्ने बीबीसीको समाचारमा उल्लेख छ ।

यसैगरी ‘नोबेल कोरोना भाइरस निमोनिया’को नाम परिवर्तन गरेर ‘नोबेल कोरोना भाइरस संक्रमण’ राख्ने निर्णय समेत भएको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।

चीनमा कोरोना संक्रमणका बिरामीहरु बढिरहेको समाचार आइरहेका छन् । केही दिनअघि मात्रै विश्व स्वास्थ्य संगठनका अधिकारीले चीनमा बढिरहेको कोरोनाको लहर चिन्ता बढाउने किसिमको रहेको भनेर टिप्पणी गरेका थिए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले भने मानिसहरुलाई कोरोनाबाट जोगाउन सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । त्यसका लागि अझ बढी प्रभावकारी उपाय आवश्यक रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?